मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

काँग्रेस १४औँ महाधिवेशन : ३८० मत खस्यो, मतदान जारी


  • 937
    SHARES
  • https://indrenipost.com/posts/2348
    मंसिर २७, २०७८ सोमबार
    काँग्रेस १४औँ महाधिवेशन : ३८० मत खस्यो, मतदान जारी

    काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनका लागि आज भएको निर्वाचनमा ३८० मत खसेको छ । पार्टीको १४औँ महाधिवेशनले मतदानमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेताहरुले मतदान गरिसकेका छन् ।

    मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा सभापतिका अर्का प्रत्यासी प्रकाशमान सिंह, उपसभापतिका उम्मेदवारद्धय विजयकुमार गच्छदार र सुजाता कोइराला, नेताहरु डा।रामशरण महत, सुनिलबहादुर थापा, गृहमन्त्री बालकृष्ण खाँण, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी लगायतले मतदान गरिसकेका छन् ।

    अन्य नेता भने भोट हाल्न लामबद्ध भएका छन् । एकैपटक धेरैले मतदान गर्ने व्यवस्थाका लागि राष्ट्रिय सभा गृहमा एक स्थानमा र भृकुटीमण्डपमा दुई स्थानमा व्यवस्था गरिएको छ । दिउँसो १ः३० बजेसम्म राष्ट्रिय सभा गृहमा २०० र भृकुटीमण्डपका दुई स्थानमा १८० मत खसेको निर्वाचन समितिले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij