काठमाडौं । नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ ।
काठमाडौंको राष्ट्रिय सभागृह र भृकुटीमन्डपमा मतदान भइरहेको हो ।
राष्ट्रिय सभागृहमा एक र भृकुटीमन्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको छ ।
तीनवटै स्थानमा गरेर दिउँसो पौने ३ बजेसम्म ८७८ मत खसेको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।