मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

अपडेट : दिउँसो ३ बजेसम्म १४ सय ५० मत खस्यो


  • 1.8K
    SHARES
  • https://indrenipost.com/posts/2355
    मंसिर २७, २०७८ सोमबार
    अपडेट : दिउँसो ३ बजेसम्म १४ सय ५० मत खस्यो

    काठमाडौं । नेपाली काँग्रेसको नयाँ नेतृत्वको लागि जारी निर्वाचनमा सोमबार दिउँसो ३.०० सम्म साढे १४ सय मत खसेको छ ।

    काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वसहितको कार्यसमिति चयनका लागि भृकुटीमण्डप परिसर, भृकुटीमण्डप प्रदर्शनी कक्ष र राष्ट्रियसभा गृह परिसर मतदान जारी छ ।

    काँग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता तेजबहादुर रावलले दिउँसाे ३.०० बजेसम्म साढे १४ सय मत खसेको जानकारी दिनुभयो ।

    मतदान निर्धारित समयभन्दा साढे तीन घण्टा ढिलो गरि सुरु भएको हो । महाधिवेशनमा चार हजार ४७३ जना प्रतिनिधि छन् । २९ मतपत्रमा मत दिनुपर्ने भएकोले एक महाधिवेशन प्रतिनिधिलाई मतदान गर्न करिब १ घण्टा लाग्ने गरेको छ ।

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij