मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

काँग्रेस १४औँ महाधिवेशन

अपडेट : सभापतिको मतगणना सम्पन्न-पाँचैजना उम्मेदवार नतिजाविहीन, पुनः मतदान हुने

दोस्रो चरणको निर्वाचन र नतिजा आजै


  • 1.4K
    SHARES
  • https://indrenipost.com/posts/2357
    मंसिर २८, २०७८ मंगलबार
    अपडेट : सभापतिको मतगणना सम्पन्न-पाँचैजना उम्मेदवार नतिजाविहीन, पुनः मतदान हुने

    काठमाडौं । नेपाली काँग्रेसको सभापति पदका लागि भएको मतदान नतिजाविहीन बनेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता कायम गरेता पनि विधानअनुसार ५० प्रतिशत भन्दा बढी मत पाउन नसकेपछि अब दोस्रो चरणको मतदान हुने भएको छ । दोस्रो चरणको मतदान आजै हुने र परिणाम पनि आजै आउने नेताहरुले बताएका छन् । 

    कुल ४६८१ मतदातामध्ये देउवाले २२५८ मत पाएर पहिलो भएका छन् । तर, ५० प्रतिशत मत कटाउनका लागि उनलाई ८२ मतले साथ दिएन । दोस्रो स्थान हासिल गरेका डा. शेखर कोइरालाले १७२९ मत प्राप्त गरेका छन् ।

    त्यस्तै तेस्रो स्थानमा प्रकाशमानसिंहले ३७१ मत पाएका छन् भने विमलेन्द्र निधिले २४९ मत पाएका छन् । सभापतिका अर्का दाबेदार कल्याण गुरुङले २० मत पाएका छन् । 

    नेपाली काँग्रेसमा शेरबहादुर देउवाको विकल्पमा नयाँ नेतृत्व आउनुपर्ने बताइरहेका प्रकाशमान, विमलेन्द्र निधि र कल्याण गुरुङले पाएको मतसमेत जोड्दा  देउवाको भन्दा बढी हुन जान्छ । तर, देउवाको विकल्प खोज्नेहरुले साझा उम्मदेवार नउठाएका कारण पहिलो चरणमा कसैले पनि जित हात पार्न नसकेको हो । 

    दोस्रो चरणको चुनावमा विमलेन्द्र निधिले देउवालाई नसघाउने यसअघि नै घोषणा गरिसकेका छन् भने प्रकाशमानले के गर्छन् भन्ने अझै खुलेको छैन । तथापि उनले मत माग्ने बेलामा नेपाली काँग्रेसमा नेतृत्व परिवर्तन हुनेपर्नेमा जोड दिएका थिए ।

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij