सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

पुनः मतदानको तयारी

सभापतिका प्रतिस्पर्धी शेखर, प्रकाशमान र विमलेन्द्र एकै ठाउँमा उभिए पनि दोस्रो चरणमा देउवालाई नै सहज


  • 2.5K
    SHARES
  • https://indrenipost.com/posts/2358
    मंसिर २८, २०७८ मंगलबार
    सभापतिका प्रतिस्पर्धी शेखर, प्रकाशमान र विमलेन्द्र एकै ठाउँमा उभिए पनि दोस्रो चरणमा देउवालाई नै सहज

    काठमाडौं । पहिलो चरणमा ८२ मतले सभापतिमा निर्वाचित हुन असफल भएका शेरबहादुर देउवालाई दोस्रो चरणमा जित हात पार्न सहज हुने देखिएको छ ।

    देउवाविरुद्ध पहिलो चरणमा सभापति पदमा प्रतिस्पर्धा गरेका चार जना नै मिल्दा पनि सबै मत कोइरालालाई नपर्ने भएकाले देउवा नै जित्ने अवस्था देखिएको हो । 

    नेपाली काँग्रेसको नयाँ नेतृत्व चयन गर्न पहिलो चरणमा खसेको जम्मा ४६७९ मतमध्ये सभापतिका शेरबहादुर देउवाले २२५८ मत ल्याएका छन् । जुन सभापति बन्न आवश्यक पर्ने २३४० मतभन्दा ८२ मत मात्रै कम हो । 

    देउवाको निकटतम प्रतिद्वन्द्वी शेखर कोइरालाले १७२९, प्रकाशमान सिंहले ३४७, बिमलेन्द्र निधिले २७३ र कल्याण गुरुङले ३२ मत पाएका छन् । 

    काँग्रेसको विधानअनुसार सभापति पदमा पहिलो चरणमा कसैले ५१ प्रतिहत मत नल्याएमा दोस्रो चरण्माको मतदानमा जानु पर्ने हुन्छ, जुन प्रतिस्पर्धा निकटतम प्रतिद्वन्द्वीबीच हुन्छ । 

    त्यसैले आजै हुने तय भएको दोस्रो चरणको निर्वाचनमा देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुने छ। आफ्नो पक्ष बलियो बनाउन देउवा र कोइराला निकट नेताहरू बिहनैदेखि दौडधुप गरिरहेका छन् । 

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij