काठमाडौं । नेपाली काँग्रेसको सभापति पदका लागि हुने दोस्रो चरणको चुनावमा विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई नै सहयोग गर्ने भएका छन् ।
सोमबार भएको पहिलो चुनावमा ५१ प्रतिशत मत ल्याउन नसकेर विजयी हुन नसकेपछि देउवा दोस्रो चरणमा सहयोग माग्दै हिँड्ने क्रममा पहिलो चरणका सभापति उम्मेदवार निधिको निवास पुगेका हुन् ।
त्यस क्रममा निधिले देउवालाई नै सहयोग गर्ने बताएको निधिको सचिवालयले जानकारी दिएको हो । यसअघि पहिलो चरणका अर्का प्रत्याशी प्रकाशमान सिंहले पनि आफ्नो समूहको सहयोग देउवालाई हुने बताइसकेका छन् ।