काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तर्गत बुधबार उपसभापति पदको मतगणना हुने भएको छ ।
पार्टी कार्यालय सानेपामा अपरान्ह ४ बजेपछि मतगणना हुने निर्वाचन समिति जनाएको छ ।
उपसभापति पदको मतगणना सकिएपछि मात्र महामन्त्रीको गणना हुने उनले बताए ।
काँग्रेसमा सभापति पदको नतिजा भने आइसकेको छ ।
मंगलबार राति सार्वजनिक मत परिणाम अनुसार सभापतिमा २७३३ मत ल्याएर शेरबहादुर देउवा निर्वाचित भएका छन् ।
सभापति पदका अर्का उम्मेदवार शेखर कोइरालाले १८५५ मत पाए ।