काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारीको मतगणना भर्खरै सुरु भएको छ ।
निर्वाचन समितिको भर्खरै सम्पन्न बैठकले मतगणना सुरु गर्ने निर्णय गरेको निर्वाचन समितिले जनाएको छ ।
आयोगका अनुसार अहिले उपसभापति पदको मतगणना सुरु गर्ने तयारी गरिएको छ ।
दुईजना उपसभापति पदका लागि सातजना प्रतिष्पर्धामा छन् ।
सभापति शेरबहादुर देउवा प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, डाक्टर शेखर कोइराला प्यानलबाट डा।चन्द्र भण्डारी र धनराज गुरुङ, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइरालाको उम्मेदवारी छ ।
साथै महेश आचार्य र दिव्यश्वरी शाह पनि उपसभापति पदको प्रतिष्पर्धामा छन् ।