काठमाडौं । नेपाली काँग्रेस उपसभापतिको मतगणना केही बेरअघि सुरु भएको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले उपसभापतिको मतगणना सुरु भएको जनाएको छ ।
काँग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति निर्वाचनपछि अन्य पदाधिकारीको मतगणनाबारे निर्णय गर्न निर्वाचन समितिको बैठक बसेको थियो ।
मतगणना काँग्रेस केन्द्रीय कार्यालय सानेपामा गर्ने तयारी रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
यद्यपि काँग्रेस महामन्त्रीको मतगणना भोलि (बिहीबार) हुने बताइएको छ ।