लेखक : डा. राम कुँवर भर्जिनिया कम्मनवेल्थ यूनिभर्सिटी रिचमण्ड, भर्जिनिया, अमेरिकामा कार्यरत हुनुहुन्छ ।
कोभिड्-१९
यो संक्रमणबाट हुने रोग हो । यसले श्वासप्रश्वास प्रणालीलाई असर गर्छ । यो SARS -COV -२ नामको भाइरसको संक्रमणबाट लाग्ने गर्छ । यो सर्बप्रथम चीनको हुबेइ प्रान्त अन्तर्गत पर्ने उहाँन भन्ने ठाउँबाट फैलिएको हो । सुरुमा जंगली जनावरको मासु बेच्ने ठाउँबाट फैलिएको बताए पनि एकिन गर्न सकिएको छैन । पछिल्लो समय अमेरिका र पश्चिमाहरुले यो उहाँनमा रहेको भाइरस अनुसन्धान केन्द्रबाट फैलिएको आशंका गरेका छन् । यो भाइरसलाई २१ औ सताब्दीमा मानब जातिले भोगेको एउटा निकै ठूलो चुनौतीको रुपमा लिइएको छ । विश्वकाे अर्थतन्त्रमा यसको धेरै नकारात्मक असर परेको छ । साथै बिश्वका धनि र सम्पन्न भनिएका देशहरु पनि यो भाइरसको प्रकोप रोक्न अहिलेसम्म असफल देखिए । यसले अहिलेसम्म लाखौ-लाख मान्छेहरुलाज्ई संक्रमण गरेको छ । त्यस्तै लाखौ मान्छेहरु मरेका छन् । मर्ने क्रम अहिले पनि जारी छ । अमेरिकामा यसले धेरै ठूलो असर गरेको देखिन्छ । धेरै हताहति हुने मुलुक पनि अमेरिका नै हो ।
भाइरस भनेको के हो ?
अहिले भाइरसको अनेकन ब्याख्या भैरहेको सन्धर्भमा भाइरस सजिब हो वा निर्जीव हो भन्ने कुरा उठ्नु स्वभाभिक हो । यसको उत्तर अलिकति जटिल छ किनकी यो दुवै हो । भाइरस १०० प्रतिशद परजीबी हो, मतलब यसको अस्तित्वको लागि यो जीवित कोषमा बस्नु पर्छ । जीवित कोषबिना भाइरस केही घण्टादेखि केही दिनमा निस्क्रिय हुन्छ, जुन बाहिरको वातावरण अनि भाइरसको बनाबटले फरक पर्छ । त्यसैले यसको छुटै अस्तिस्त्व भने छैन । जीवित कोषभित्र छिर्नु अघि यो निर्जीव हो । तर जब आफू अनुकुल जीवित कोषमा घुस्छ, त्यसपछि यो सजिब हो । यसले त्यो जीवित कोषमा घुसेर त्यहाँ कोषमा भएको शक्ति उत्पादन गर्ने र संचय गर्नेदेखि, प्रोटिन बनाउने कार्यमा हस्तक्षेप गर्छ । कोषहरुलाई भाइरसले यसरी दुरुपयोग गर्छ कि कोषहरुलाई भाइरस उत्पाधन गर्ने उद्योग जस्तो बनाऊछ । त्यसैले केहि घण्टामा कोषहरु मर्छन अनि थुप्रै नया भाइरस निस्किन्छन्, जसले छिमेकी कोषहरुलाई हमला गर्छन । यो क्रम यति द्रुत गतिमा हुन्छ कि केही दिनमा संक्रमित ब्यक्तिले करोडौं भाइरसका कणहरु शरीर बाहिर निकाली रहेको हुन्छ ।
कोरोना भाइरस के हो ?
धेरै किसिमका कोरोना भाइरस हुन्छन् । अहिले संसारलाई आतंकित पर्ने SARS-COV-2 एउटा नयाँ किसिमको कोरोना भाइरस हो । यहाँभन्दा पहिले SARS -COV , सन् २००२ तिर चीनको ग्यांगदोङ्ग प्रान्तमा देखिएको थियो । त्यस्तै अर्को कोरोना भाइरस MERS -COV, अरब प्रयादीपमा, २०१२ तिर देखिएको थियो । कोरोना भाइरसको मुख्य बासस्थान चमेरो हो । चमेरो स्तनधारी भैकन पनि आकाशमा उड्न सक्ने भएकोले र अन्य बिबिध कारणले यो भाइरससग प्रतिरोध क्षमता बिकशित भएको मानिन्छ । तसर्थ, चमेरोको रोग प्रतिरोध प्रणालीको बैज्ञानिक अध्ययन हुनु आबस्यक छ ।
कोभिड्-१९ का लक्षणहरु
१. ज्वरो, खकार, स्वासप्रस्वासमा अप्ठ्यारो
२. जिउ गल्ने, दुख्ने ,झाडापखाला , टन्सिल
३. कसै कसैमा नाकले बास्ना थाहा नपाउनु, पेट दुख्ने हुन सक्छ ।
कोभिड-१९ को लक्षणहरु सामान्य नै भए पनि कसै कसैमा छातीको न्यूमोनिया र यसले अरु अंग जस्तै मुटु, मृगौलाको कामलाइ प्रभाबित गरि ज्यान लिन सक्छ । २५% मान्छेमा लक्षण नदेखिने पनि हुन् सक्छ ।
कोरोना भाइरस कसरी सर्छ ?
संक्रमित मान्छेसग स्वास्थ्य मान्छेको सम्पर्क भएको खण्डमा जस्तै हात मिलाउदा, अंकमाल गर्दा, खोक्दा, हाच्छिउ गर्दा मुखबाट निक्लने छिटामा भाईरस हुन्छ । त्यो छिटाहरु स्वास्थ्य मानिसको मुख, नाक अनि आखामा पुगेको खण्डमा भाईरस शरीर भित्र छिर्ने हुन्छ । त्यति मात्र नभई भाइरस कुनै सतहमा जम्मा भै बस्न सक्छ जुन ३ दिन सम्म सक्रिय हुनसक्छ / पछिल्ला केहि अनुसन्धानले हावाबाट पनि सर्न सक्ने सम्भावना देखिएको छ । त्यहि भएर बाहिर हिड्दा सकेसम्म मास्क लगाउनु पर्छ । स्वास्थ्य मान्छेमा औसत २ देखि १४ दिन सम्ममा लक्षणहरु देखा परि सक्छन ।
कोरोना भाइरस कहाँबाट कसरी छिर्छ शरीरमा ?
कुनै पनि भाइरस शरीरमा छिर्न कोषको सतहमा प्रोटिनले बनेको (आकुसे आकारको) रेसेप्टर चाहिन्छ (तल चित्रमा हेर्नुस ) त्यो रेसेप्टर र भाइरसको सतहमा हुने संरचनाको ट्याक्क मेल खाएपछि मात्र त्यो भित्र जाने हो । SARS -COV2 लाई ACE2 भन्ने रिसेप्टर चाहिन्छ । शरीरको सबैजसो कोषमा यो हुन्छ, तर फोक्सोको कोषमा, रगतको नसाहरुमा, सानो आन्द्राको कोषमा यो रिसेप्टर हुन्छ । यहि रिसेप्टर मार्फत भाइरस कोषमा छिरेर उधुम मच्चाउने काम गर्छ । यहाँ स्मरणीय कुरा के छ भने : ACE2 रिसेप्टरले शरीरमा उच्च रक्तचाप घटाउन ठूलो भूमिका खेलेको हुन्छ । कतिपय रक्तचाप घटाउने औषादीहरुले यो रिसेप्टर मार्फत काम गर्छन । हाम्रो मुख, नाक र आखामा भाइरसलाई टासीन मिल्ने तरल पदार्थ भएकोले गर्दा त्यहाँबाट भाइरस छिर्ने हो ।
कोभिड्-१९ रोगको निधान के छ ?
यो एकदम नया किसिमको रोग भएकोले गर्दा अहिलेसम्म टेस्टहरु बिकासुन्मोख नै छन् । कुनै पनि टेस्ट १००% भरपर्दा हुन् सकेको छैनन् । अहिले प्रचलनमा दुई खालको टेस्टहरु छन् ।
- Real-time RT PCR : यसमा स्वासप्रस्वास प्रणाली बाट नमुना लिने हो । technician ले ६ इन्च को कपासको स्वव नाक भित्र छिराएर नमुना लिने । त्यो नमुनामा भाइरस भएको खण्डमा त्यसलाई PCR technique बाट भाइरस को अनुबंसिक तत्व ( RNA ) प्रमाणित गरिन्छ । यो बिधि बाट रोगिको शरीरमा भाइरस भए नभएको एक्किन गरिन्छ । यसको नतिजा आउन केहि दिन लाग्न सक्छ ।
- एन्टीबडी जाच ( RDT ):
SARS COV-2 संक्रमण हुने बितिकै सबै मान्छेहरुमा लक्षण देखापर्दैनन् । नि तिनीहरुबाट झनै अरु स्वास्थ्य व्यक्तिलाई सार्ने खतरा हुन्छ । त्यसैले शंकास्पद व्यक्तिको एन्टीबडी जाच गर्नुपर्ने हुन्छ ।
हाम्रो शरीरमा भएको रोग प्रतिरोधात्मक प्रणालीले कुनै पनि बाहिरको बस्तु शरीरमा छिर्ने बितिकै त्यसको विरुद्ध कदम चाल्छन अनि तिनीहरुलाइ निस्तेज बनाऊछन् । भाइरसको हमलामा पनि शरीरमा त्यस्ता एन्टीबडी बन्ने काम हुन्छ । यस्तो एन्टीबडीले भाइरसलाइ फैलिन नदिने र निस्क्रिय बनाउने काम गर्छन् । भ्याक्सिनले पनि शरीरमा एन्टीबडी बनाएर नै संक्रमण विरुद्ध सुरक्षा दिने हो ।
यसमा बिरामीको रगत लाइ टेस्ट गर्नु पर्छ । त्यो रगतलाइ किटमा राखेपछि किट्ले नतिजा बताउछ ।
पोजिटिभ नतिजाले शरीरमा भाइरस रहेको कुरा पुस्टि हुन्छ तर तत्काल बिरामीको शरीरमा भाइरस छ कि छैन भन्ने कुरा थाहा हुदैन/ त्यसको लागि RT PCR टेस्ट नै गर्नु पर्छ किनकी भाइरस शरीरमा प्रवेश गरेपछि एन्टीबडी बन्न सामान्यतय ३-४ हप्ता लाग्छ । अर्को महत्वपुर्ण कुरा कहिले कहिँ शरीर मा SARS COV-2 भए पनि RDT मा नेगेटिभ नतिजा आउँ सक्छ किनकी ताजा संक्रमण हुदा शरीरमा एन्टीबडी बनिसकेको हुदैन । त्यहि भएर यो भरपर्दो टेस्ट चै हैन । गलत पोजिटिभ र गलत नेगेटिभ दुवै आउने खतरा हुन्छ । त्यहि भएर नतिजालाइ एकदम विचार गरेर मात्र अगाडी बढ्नुको बिकल्प छैन् । अर्को कुरा कोरोना भाइरस पनि धेरै खालको हुनाले अर्कै खालको कोरोना भाइरसको एन्टीबडीले पोसिटिभ नतिजा दिन सक्छ । यो छिटो छ तर यो टेस्टले अलिकति विवाद ल्याउन सक्छ ।
उपचार:
८० % बिरामी एकदम सामान्य नै हुने देखियो र घरमै बसेर २ हप्तामा ठिक भएको पाइयो । तर केहि लाइ जो पहिले नै मेडिकल समस्यासग जुधिरहेकालाइ भाइरसले गभिर बनाएको देखियो । SARS- CoV २ को लागि भनेर कुनै विषेस उपचार छैन । अहिलेको अबस्थामा लक्षणको मात्र उपचार हुन्छ । जस्तोकि ज्वरो आए, ज्वरो घटाउने औषदी, रगतमा अक्सिजनको मात्रा घटे, अक्सिजन दिने र स्वास फेर्न गार्हो भए, भेन्टिलेटरमा राख्ने ।
हैड्रोअक्सिकुइनोलिन, जुन औलोको उपचारको लागि प्रयोग गरिन्छलाइ निकै प्रचार गरियो, तर यसको प्रयोगले मुटुमा साइड इफेक्ट देखियो । भ्याक्सिन र एन्टी भाइरल दुवै अहिले पनि बिकाश कै चरणमा छन् । करिब १ वर्ष भित्र भयाक्सिन आउने अनुमान छ ।
के एकपटक कोरोना लागेको व्यक्तिलाई फेरी लाग्दैन ?
ठेउला, दादुरा जस्तो भाइरसद्वारा लाग्ने रोग एकपटक लागे पछि फेरी आउदैनन, जिबन भर. शरीरले इम्मुनिटी पैदा गरिसकेको हुनाले भयाक्सिन लगाए जस्तो नै हो । कोविद-१९ एकपटक लागेको मान्छे लाइ फेरी लाग्छ कि लाग्दैन भन्ने कुरा अहिले सम्म एकिन छैन । अरु कोरोना भाइरस जस्तो SARS र MERS ले एकपटक लागेर निको भएको व्यक्तिमा केहि समयको लागि इम्मुनिटी विकास भएको पाइयो । त्यसैले कोविद-१९ मा पनि लागेर निको भएको व्यक्तिलाई केहि समयको लागि इम्मुनिटी बिकाश होला भन्न सकिन्छ । तर त्यो कति समयको लागि भनेर किटान चै गर्न सकिने अवस्था छैन ।
बिध्यमान हल्ला र सत्यता :
तातो पानी : तातोपानी खादा भाइरस जान्छ भन्ने कुरा निकै सुन्नमा आयो । भाइरसमा बोसो हुन्छ, तातो पानीले भाइरसको बोसो पगालेर भाइरस मारछ भन्ने कुरा सुनिन्छ । हाम्रो पुर्बिय दर्शनमा तातो पानीको बिषेस स्थान छ । बिरामी हुदा तातोपानी नै दिने चलन छ प्राचिन समयदेखि हो । यसको कारण पुरानो जमानामा पानीको मुहानहरु खासै ब्यबस्थित नहुदा फोहोर किटाणुहरु मिसिने डर थियो । उमालेको पानीमा किटाणु मर्ने हुदा त्यो सुरक्षित मानिन्छ । तर तातोपानीका अरु पनि फाइदा छन् जस्तो पेट र आन्द्रामा रक्त संचार राम्रो गराउछ त्यहि भएर पाचन राम्रो बनाउछ । तातोपानीले फाइदा भए पनि तातो पानी पिउदा भाइरसको उपचार हुने कुरा अलि अतिरन्जित हो । भाइरस कोष भित्र छिर्ने हुदा तातोपानीको असर धेरै हुँदैन । कतिपयले भाइरसमा बोसो भएर तातोपानीले पगाल्ने कुरा गरेका छन् । यो पनि अलि अतिरन्जित मात्र हो । भाइरसमा फोस्फो लिपिड को तह त हुन्छ, जुन चिल्लो पदार्थले बनेको हुन्छ, तर त्यो तह मन तातो पानीमा नस्ट हुने कुरा अहिले सम्म एक्किन छैन । फेरी भाइरस आफुलाई बदलिदो बाताबरण अनुकुल बनाउन एकदम सिपालु हुन्छन ।
अल्कोहोल: कतिपयले अल्कोहोलले फाइदा हुन्छ भनेको सुनिन्छ । यो गलत हो । अल्कोहोलले फाइदा भन्दा घाटा हुन्छ । अल्कोहोलले शरीरमा भएको पानीको मात्रा घटाउने भएको हुनाले शरीरमा पानीको मात्रा कम हुन् गइ समस्या बढने पक्का छ ।
कोभिड्-१९ बाट कसरी बच्ने ?
१. हात धुने बाहिरबाट आउने बितिकै , साबुन पानीले करिब २० सेकेन्ड जति मिचेर/ साबुनले भाइरसमा रहेको फोस्फो लिपिड तहलाइ नस्ट गर्छ ।
२. भिडभाड बाट अलग रहने
३. सके सम्म पी. पी. इ. प्रयोग गर्ने, बाहिर जादा मास्क प्रयोग गर्ने ।
अब हामीले के सिक्ने त ?
यो महामारीले हामीलाई ठुलो झड्का दियो । यस्तो महामारी फेरी भबिस्यमा फैलिन नदिन साबधान हुनु पर्छ ।
१. जंगली जनावरलाइ हामीले सम्मान गर्नु पर्यो । उनीहरुको बस्ने ठाउमा नचाहिने मानब क्रियाकलाप नगरौ । भरसक जंगली जनावरको मासु सेबन नगरौ ।
२.भाइरस सम्बंदी अध्ययन अनुशन्धान बढाउनु पर्यो । र ल्याबहरुको राम्रो अनि उचित व्यवस्था गर्नुपर्यो । ल्याबबाट भाइरस बाहिर फुत्केको खण्डमा त्यसले ठुलो खतरा ल्याउन सक्छ ।
३. संसारको सबै देश मिलेर विनासकारी भाइरसहरु बिरुद्द एन्टी भाइरल औषादी र भ्याक्सिन बनाउनु पर्यो । ताकी त्यो तुरुन्त मिलोस यस्तो बेलामा ।
सन्धर्भ-सामग्री :
१. https://en.wikipedia.org/wiki/Coronavirus_disease_२०१९
२. https://www.webmd.com/lung/antibody-testing-covid-19#३
३.https://microbenotes.com/structure-and-genome-of-sars-cov-2/
४.https://www.msn.com/en-us/health/health-news/when-will-a-second-wave-of-the-coronavirus-hit-and-what-will-it-look-like/ar-BB12Swym?ocid=msedgntp