शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

कोरोना कहर

फाइजर खोप ५ देखि ११ वर्षका बालबालिकालाई प्रयोग गरिने


  • 2.7K
    SHARES
  • https://indrenipost.com/posts/794
    असोज ६, २०७८ बुधबार
    फाइजर खोप ५ देखि ११ वर्षका बालबालिकालाई प्रयोग गरिने

    काठमाडाैं । अमेरिकी फर्मा कम्पनी फाइजरले बनाएको कोभिड–१९ विरुद्धको खोप ५ देखि ११ वर्षको बालबालिकामा प्रयोगका लागि सुरक्षित रहेको जनाइएको छ ।

    फाइजर र उसको जर्मन साझेदार बायोएनटेकले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको समाचारहरुमा उल्लेख छ । खोपले सो उमेर समूहका बालबालिकाहरुमा पनि पर्याप्त मात्रामा एन्टिबडी उत्पादन गरेको जनाइएको छ । कम्पनीले ५ वर्षदेखि ११ वर्षका बालबालिकाहरुमा यो खोप प्रयोग गर्न अनुमति माग गर्दै छिट्टै अमेरिकी नियामक निकाय समक्ष आवेदन दिने तयारी गरेको जनाएको छ । 

    अनुमति मिलेमा १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई समेत खोप लगाउन सकिनेछ । फाइजरको खोप अहिले विश्वभर १२ वर्ष वा सोभन्दा बढी उमेरका मानिसहरुमा प्रयोग भइरहेको छ । कम उमेरका बालबालिकामा खोपको प्रयोग संक्रमण फैलिन नदिन प्रभावकारी औजार हुने विश्वास सरोकारवालाको छ । यस उमेरका बालबालिकालाई अहिले युवा तथा वयस्कहरुलाई दिइरहेको खोपको एक तिहाइ मात्रै लगाइनेछ । 

    मात्रा कम भएपनि खोपको दुबै डोज लगाएपछि उनीहरुमा  अन्य उमेर समूहको शरीरमा उन्पन्न भएको जत्तिकै एन्टिबडी पाइएको अनुसन्धानकर्ताले बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोरोना कहर
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij