शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

मदन भण्डारीको दुर्लभ अन्तरवार्ता: नेपालमा कार्ल मार्क्स जिवित छन्

  • 75.0K
    SHARES
  • https://indrenipost.com/posts/247
    जेठ ३, २०७७ शनिबार
    मदन भण्डारीको दुर्लभ अन्तरवार्ता: नेपालमा कार्ल मार्क्स जिवित छन्

    तत्कालीन एमालेका महासचिव मदन भण्डारीको हत्या भएको आज २७ वर्ष भइसकेको छ । त्यसपछि त्रिशुलिमा धेरै पानी बगीसकेको छ । राजतन्त्रको अन्त्य भएर देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । राजाको स्थान राष्ट्रपतिले लिएको छ । मदन भण्डारीले जग बसालेको पार्टी आज नेकपा बनेर दुईतिहायी जनमतसहित सरकारको नेतृत्व गरिरहेको छ । तर पनि मदन भण्डारीको दासढुंगामा भएको दुर्घटना आज पनि इतिहासको रहस्यमय घटना बनेको छ । सायद सधैका लागि यो रहस्यमय नै बन्ने छ ।

    मदन भण्डारी नेपाल कम्युनिस्ट पार्टि (एकीकृत मार्क्सवादी-लेनिनवादी) का महासचिव हुनुहुन्छ । गत वर्ष प्रजातन्त्र समर्थक प्रदर्शनहरूले नेपालको निरंकुश राजतन्त्रलाई हल्लाइदियो । राजनीतिक दलहरूको कानूनी अडान थिएन र थोरै नेपालिहरूले भण्डारीको बारेमा सधैं सुनेका थिए । गत हप्ताको संसदीय चुनावमा, यद्यपि कम्युनिष्टहरूले काठमाडौंको बाँकी क्षेत्रलाई पराजित गरे र देशव्यापीरूपमा आश्चर्यजनक रुपमा कडा प्रदर्शन गरे। भण्डारी आफैले अन्तरीम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरि सिटविहिन बनाए । एउटा आशावान उनै भण्डारीले निर्वाचनको केही दिन अगाडि सन् १९९१ मे २७ मा न्युजविकका प्रकाशित मदन भण्डारीसँग मिचेल लिट्विनले लिएको त्यो चर्चित अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ ।  

    जहाँ अन्य देशहरूमा कम्युनिस्टहरू सफल भएका छैनन् भने तपाई सफल हुन सक्छु भनेर कसरी सोच्नुहुन्छ ?

    सम्यवादको मुख्य उदेश्य भनेको समाजबाट शोषण, भ्रष्टाचार र अन्याय अत्याचरलाई उन्मूलन गर्नु हो । विगतमा यस्तो नीति कार्यन्वायन गर्ने क्रममा यदि कुनै गल्तिभएका छन् भने यसको अर्थ साम्यवादको उदेश्य नै असफल भयो भन्ने होइन । हाम्रो पार्टिको सन्दर्भमा हामीले प्रजातन्त्रलाई स्थापित गर्ने र जनताको जनादेश प्राप्तगरेपछि मात्रै सत्ता लिने निर्णय गरिसकेका छौँ ।

     मैले देखिरहेको छु, तपाईंसँग उत्तर कोरियाली नेता किम इल सङका पुस्तक छन्। किमलाई कुन रूपमा लिनुहुन्छ ?

    किम इल संङ्ग एउटा सफल कम्युनिस्ट र एउटा नेता हुनुन्छ, जसले आफ्नो देशको क्रान्ति र विकासमा योगदान पुर्‍याउनुभएको छ । अन्यथा म उहाँको अरु कुनै चिजको प्रशंसा गर्दिन। उहाँको विचारधारा अनुसरण गरेको छु भन्ने पनि मलाई लाग्दैन ।

    माओका रचनाबारे नि  ?

    गाउँतिरका केही युवा मान्छेहरूले चिनियाँ आन्दोलनको इतिहासका बारेमा अध्ययन गरिरहेका छन् र त्यसबाट सिकिरहेका छन् ।

    नेपालको कम्युनिस्ट पार्टीलाई चीन, सोभियत संघ र उत्तर कोरियाजस्ता देशका कम्युनिस्टसँग कसरी तुलना गर्न सकिन्छ ?

    तिनीहरू सबै न्याय, मुक्ति र समानतामा आधारित एउटा नयाँ सामजको स्थापना गर्न सामेल भएका छन । ती देशहरूमा फरक फरक बाटाहरूबाटा कम्युनिस्ट आन्दोलनको विकाश भएको छ । चिनमा तिनीहरू सशस्त्र संघर्षद्वारा मुक्त भएका थिए तर नेपालमा हामीले एउटा शान्तिपूर्ण आन्दोलन गरेका छौँ ।

    चिन र उत्तर कोरियाले विदेशी प्रभुत्व र आक्रमणको सामना गरिरहेका छन् । नेपालमा हामीले पनि विदेशी आक्रमणका बिरुद्ध , साम्राज्यवाद र क्षेत्रीय प्रभुत्वका बिरुद्धमा आवाज उठाइरहेका छौँ ।

    तपाईले चीन र भारतीय कम्युनिस्ट पार्टीबाट पैसा प्राप्त गर्नुभयो भनेर केही गैरकम्युनिस्टले भनेका छ नि ?

    त्यो एउटा झुट हो । हामीले कहिल्यै सह्योगका लागि भनेका छैनौ ,न त कहीँ कतैबाट आर्थिक र भौतिक सहयोग प्रप्त नै गरेका छौँ चाहे त्यो चाइनाबाट होस, कोरियाबाट वा त्यो भारतिय (कम्युनिस्ट) पार्टिहारूबाटै किन नहोस् । यस्ता दोषहरू हामीमाथि हाम्रा विरोधिहरूले लगाएका छन्, जसले वास्तविक रुपमै विदेशीहरूबाट ससह्योग प्राप्तगरिरहेका छन् ।

    जातिय प्रणाली र धार्मिक स्वतन्त्रताका सम्बन्धमा तपाईंको दृष्टिकोण के हो ?

    हामी विभिन्न जातिहरूका बीचको सामाजिक विभेदको अन्त्य गर्न चाहन्छौं । तर हामी विभिन्न जातिहरू र जनजातिहरूको धर्म, सांस्कृतिक र परम्पराको सम्मान गर्ने छौं । कतिपय पुराना मान्छेहरूमा अहिले पनि जातिका बारेमा कठोर मत रहेको छ । हामी तिनीहरूका विरुद्ध बलप्रयोग गर्न चाहदैनौं । यदि यो तिनीहरूको विवेक हो भने हामी तिनीहरूलाई शिक्षित पार्ने प्रयास गर्ने छौँ । कथित तल्लोजातका मनिसलाई अपमानित गर्ने अघिकार कोही कसैलाई पनि छैन् र कुनै पनि ब्याक्तिलाई कथित उपल्लोजातकालाई सम्मान गर्न बाध्य पार्ने अधिकार छैन् । हामी पनि एक धर्मनिरपेक्ष राज्य चाहन्छौं । हरेकले आफ्नो धर्मको अनुसरण गर्न सक्ने छन् । सबै धर्महरूबाट राज्य तटस्थ हुने छ ।

    तपाइले तपाईको देशका जमिन्दारहरूलाई कस्तो व्यबहार गर्नुहुने छ ?

    हामी वर्तमान मालिकहरूबाट जमिनलाई बाहिर ल्याएर जमिन जोत्ने किसानहरूलाई दिन चाहन्छौं । यो काम हामी अत्यन्तै शान्तिपूर्ण तरीकाले प्रयत्न गर्ने छौं र पैसा नदिएर जमिन लिने छैनौं । यदि जमिन्दारहरूले स्वीकार गरेनन् भने हामी उनिहरूका विरुद्धमा बलप्रयोग गर्न बाध्य हुनेछौं ।

    जमिन्दारहरूलाई तिर्ने त्यो पैसा कहाँबाट आउँछ ?

    हामी ती किसानहरूबाट पैसा संकलन गर्नेछौं, जो आफ्नै जमिनको स्वामी हुन लागिरहेका छन् । (यदि आवाश्यक भए) हमी सरकारी आयबाट र राजस्व अथवा सरकारको आफ्नै स्वमित्व भएका उद्योगहरूद्वारा सेयर जारीगरेर लगानी गर्ने छौँ । नगदको संकटबाट बचाउन किस्तामा भुक्तानी गरिने छ ।

    तपाईले सामुहिकिरणको वकालत गर्नुभएको हो ?

    हामी यो अबधारणा लागू गराउन बल प्रयोग गर्ने छैनौं । तर हामी जनताको सेवा गर्न नमुना सहकारीहरू स्थापित र प्रोत्साहन गर्ने छौँ ।

    तपाईं कम्युनिस्टको फेरि बहुमत भयो भने नेपालको विदेशी अनुदान रोकिनसक्छ भनेर चिन्तित हुनुन्छ ?

    यदि कम्युनिस्टहरू शक्तिमा आए भने वैदेशिक सायता रोक्नका लागि त्यहाँ कुनै आधार छैन् । तर हामी हाम्रो देशको स्वतन्त्रता , स्वाधिनता, मर्यादा र सम्प्रभुताको किमतमा सायताकालागी याचना गर्ने छैनौं । यी चिजहरू वैदेशिक सहायताभन्दा अधिक मत्वपूर्ण छन् ।

    भारततिरको विदेशीनीतिमा कस्ता परीवर्तनहरूको तपाई वकालत गर्नुहुन्छ ?

    विगतमा भारतसँग त्यहाँ केही असमान र अपमानजनक सन्धीसम्झौताहरू थिए । हामी सन्धिको पूनर्विचार गर्ने छौँ र यसलाई नविकरण गर्न प्रयास गर्ने छौँ । हामी हामीलाई अपमानित गर्ने र असमान बनाउने प्रवधानहरू हटाउन चाहन्छौं । । न त हामी प्रो चाइना हुन चान्छौँ न त प्रो भारत नै । एउटा कुरा हामी चिन र भारत दुवैदेशसँग धेरै राम्रो सम्बन्ध बनाउन चाहन्छौं ।

    जब नेपालका जनताले राजतन्त्रका विरुद्धमा प्रदर्शन गरिरहेका थिए अन्य धेरै देशहरूका जनताले तिनका कम्युनिस्ट शासकहरूका विरुद्ध प्रदर्सन गरिरहेका थिए । यदि त्यस्तै नेपालमा भयो भने तपाईं के गर्नुहुन्छ ?

    जब हामी शक्तिमा हुन्छौं त्यस्ता किसिमका कुनै प्रदर्शनहरू हुने छैनन् । तर कहिलेकाही असामाजिक तत्वहरूले समाजमा अशान्तिको सृजनागर्न प्रयास गर्छन् । यदि त्यस्ता प्रकारका व्यक्तिहरूले समाजमा अशान्ति सृजना गर्ने प्रयास गर्छन् भने, हामी राज्यशक्तिको प्रयोग गर्ने छैनौं तर हामी जनपरिचालन गर्ने छौँ । यदि तिनिहरूले हाम्रा विरुद्धमा प्रदर्सन गर्छन् भने त्यसपछी हामी जनतालाई हाम्रा पक्षमा प्रदर्शन गर्न हामी आह्वान गर्ने छौँ । हामी प्रहरी शक्तिको प्रयोग गर्ने छैनौं ।

    अनुवादक: उषाकिरण आजाद, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य हुन्

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij