मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

पार्टीको पाठ्यक्रम तयार गर्दै माओवादी केन्द्र


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/2516
    पुष ६, २०७८ मंगलबार
    पार्टीको पाठ्यक्रम तयार गर्दै माओवादी केन्द्र

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले तीन तहको पाठ्यक्रम तयार गरी सोहीअनुसार उच्च तहको कक्षा र प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्ने भएको छ ।

    पार्टी स्कुल विभागको बैठकले आधारभूत, माध्यमिक र उच्च तहको पाठ्यक्रम निर्माण गर्ने र सोहीअनुरूप पाठ्यसामग्री तयार पार्ने निर्णय गरेको हो ।

    बैठकले केन्द्रका तर्फबाट उच्च तहका कक्षा र प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्ने, प्रदेश र पालिका स्तरमा माध्यमिक र आधारभूत तहका कक्षाहरू सञ्चालन गर्ने निर्णय गरेको स्कुल विभागका सदस्य मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

    वडा तहमा स्वअध्ययनको संस्कृति विकास गर्ने, पार्टी कार्यदिशाको सम्प्रेषणलाई केन्द्रमा राखेर स्कुलको काम गर्ने, वर्तमान विश्वमा विकसित समकालीन मुद्दाहरूको अध्ययन गरी मार्क्सवादी दृष्टिकोण तयार पार्ने बैठकको निष्कर्ष छ ।

    अनुसन्धानलाई योजनाबद्ध रूपमा अघि बढाउने, कार्यविधि, आचारसंहिता र वार्षिक कार्ययोजना बनाउने निर्णय गरेको उनले जानकारी दिए।

    बैठकमा स्कुलका लागि आवश्यक संरचना र पार्टीका जिम्मेवारी लिन निश्चित तहको कक्षा लिनैपर्ने बाध्यकारी वैधानिक व्यवस्थाका विषयमा छलफल भएको थियो ।

  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij