आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

माओवादी केन्द्रले सुदूरपश्चिम र लुम्बिनीको नयाँ नेतृत्व राष्ट्रिय सम्मेलनपछि चयन गर्ने


  • 1.5K
    SHARES
  • https://indrenipost.com/posts/2526
    पुष ६, २०७८ मंगलबार
    माओवादी केन्द्रले सुदूरपश्चिम र लुम्बिनीको नयाँ नेतृत्व राष्ट्रिय सम्मेलनपछि चयन गर्ने

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सुदूरपश्चिम र लुम्बिनी प्रदेश अध्यक्षसहित पदाधिकारी राष्ट्रिय सम्मेलनपछि मात्रै चयन गर्ने तयारी गरेको छ ।

    केन्द्रीय समितिमा जानेको नाम फाइनल भएपछि प्रदेश पदाधिकारी चयन गर्न सजिलो हुने माओवादीको आकलन छ ।

    सुदूरपश्चिम र लुम्बिनी प्रदेशले प्रदेश समिति बनाउनुका साथै राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको समेत चयन गरेर पठाइसकेका छन् ।

    सुदूरपश्चिम प्रदेशमा २ सय २३ जना प्रदेश समिति चयन गर्नुका साथै ८३ जना राष्ट्रिय सम्मेलनका लागि पठाएको प्रदेश सदस्य ओमविक्रम भाटले बताए ।

    सुदूरपश्चिम प्रदेश अध्यक्ष दाबी गरेका धेरै केन्द्रीय समितिमा परेपछि प्रदेशमा पदाधिकारी टुंगो लगाउन सजिलो हुने नेताहरुले बताएका छन् ।

    यस्तै, लुम्बिनी प्रदेश अध्यक्षमा सहमति हुन नसकेपछि २ सय १७ जना प्रदेश समिति घोषणा गरेर शपथ गराइएको छ । राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको समेत चयन गरेर पठाइसकिएको केन्द्रीय सदस्य जीवन गौतमले बताए ।

  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij