मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

माओवादी केन्द्रमा नयाँ नेतृत्व चुन्न निर्वाचन गर्नुपर्ने माग


  • 1.9K
    SHARES
  • https://indrenipost.com/posts/2536
    पुष ७, २०७८ बुधबार
    माओवादी केन्द्रमा नयाँ नेतृत्व चुन्न निर्वाचन गर्नुपर्ने माग

    काठमाडौं । नकेपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन नजिकिँदै गर्दा नेतृत्वप्रति चरम असन्तुष्टि र असहमति प्रकट हुने क्रम बढेको छ । पार्टीको मूल नेतृत्व परिवर्तन नहुने भए पनि तल्लो तहका कमिटीहरूमा सर्वसम्मत गर्ने प्रयासमा असहमति प्रकट हुन थालेको हो ।

    जनवर्गीय संगठनको सम्मेलन हुने, पदाधिकारी खाली रहने, प्रदेशमा पनि आकांक्षी धेरै हुने तर पदाधिकारी चयन नहुने र उनीहरूले निर्वाचनको माग गर्ने अवस्था आएपछि नेता–कार्यकर्ताले लोकतान्त्रिक विधि अपनाउनुपर्ने भन्दै केन्द्रको निर्देशनलाई अवज्ञा गर्न थालेका छन् । 

    माओवादी केन्द्रले प्रदेशको नेतृत्व चयन गरिरहेका बेला प्रदेश तहका नेता–कार्यकर्ताले आन्तरिक प्रतिस्पर्धालाई महत्व दिन थालेका छन् । वाग्मती प्रदेशले लोकतान्त्रिक विधिबाटै पदाधिकारी चयन गरेको छ ।

    प्रदेशमा आकांक्षी नेताहरूको संख्या धेरै भएकाले पदाधिकारी छनोट हुन सकेको छैन । ७ वटा भूगोल र ३ गैरभूगोल गरी १० मध्ये ४ वटा प्रदेशमा पदाधिकारी चयन भएका छैनन् । लुम्बिनी, सुदूरपश्चिम, प्रदेश १ र प्रदेश २ मा नेतृत्व चयन हुन बाँकी छ ।

    माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालका अनुसार प्रदेश १ मा ७ गते बैठक राखिएको र त्यहींबाट नेतृत्व चयन हुनेछ । प्रवासको पनि नेतृत्व टुंगिएको उनले जानकारी दिए । माओवादीमा प्रदेशबाहेक वडा र गाउँपालिकामा जबर्जस्ती सर्वसम्मत नेतृत्व चयन गरिएको थियो ।

    माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सकेसम्म सर्वसम्मत नेतृत्व चयनमा जोड दिएका थिए । सोही अनुसार जनवर्गीय संगठन अनेरास्ववियुका अध्यक्षमात्रै चयन भएका छन् । 

    जसले गर्दा पार्टीभित्र माथिल्लो तहमा रहेका नेताहरूको मुख ताक्ने प्रवृत्ति बढेको भन्दै पार्टीभित्रै गुनासो बढेको मात्र होइन, नेतृत्वको आलोचना पनि हुन थालेको छ । साथै पार्टी पदाधिकारीमा चुनाव हुनुपर्ने आवाज उठ्न थालेको छ ।

    दाहालले ३२ वर्षदेखि माओवादी पार्टीको नेतृत्व गरिरहेका छन् । उपाध्यक्ष, महासचिव, उपमहासचिव,सचिव र कोषाध्यक्ष गरी बहुपदीय संरचनाको संगठन बन्ने भए पनि माओवादीभित्र अध्यक्षबाहेकका सबै पदमा निर्वाचन हुनुपर्ने आवाज उठेको हो ।

    पार्टीभित्र महासचिवमा सबैभन्दा बढी रस्साकस्सी हुने भएकाले पनि अहिले सबै पदमा निर्वाचन हुनुपर्ने आवाज उठेको छ । संगठन विभागको जिम्मेवारी सम्हालिरहेका जनार्दन शर्मा र चीनमा उपचार गराइरहेका वर्षमान पुनबीच महासचिवमा प्रतिस्पर्धा हुने सम्भावना रहेको माओवादी केन्द्रका नेताहरूले बताएका छन् ।

    पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनमा १ हजार ५ सय प्रतिनिधि सहभागी हुँदैछन् । यो समाचार नागरिक दैनिकमा छ । 

  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij