काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशन प्रज्ञा भवन, कमलादी परिसरबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको डमी हटाइएको छ ।
महाधिवेशनको उद्घाटन कार्यक्रम चलिरहँदा प्रज्ञा भवन परिसरमा प्रचण्डको डमी ल्याएर राखिएको थियो । सामान्य मानिसभन्दा अग्लो उक्त डमी राखिएपछि फोटो खिचाउनेको भिड लागेको थियो ।
उक्त डमी महाधिवेशनस्थलमा राखिएपछि माओवादी कार्यकर्ताले नै चर्को आलोचना गरेका थिए । उक्त डमीलाई लिएर सामाजिक सञ्जालमा प्रचण्डले पनि एमाले अध्यक्ष केपी शर्मा ओलीकै शैली पछ्याएको भन्दै हाँसी मजाक भएको थियो ।