सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन : २१औं शताब्दीमा समाजवादको नेपाली बाटो कस्तो होला ?


  • 2.6K
    SHARES
  • https://indrenipost.com/posts/2653
    पुष १२, २०७८ सोमबार
    प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन : २१औं शताब्दीमा समाजवादको नेपाली बाटो कस्तो होला ?

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को ८औं महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ । कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा हाल संचालन भइरहेको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन वाचन गरिरहेका छन् ।

    २१औं शताब्दीमा समाजवादको नेपाली बाटोु शीर्षकको राजनीतिक प्रतिवेदन प्रचण्डले पेश गरेका हुन् । प्रतिवेदन पेश गर्दै प्रचण्डले पुँजीवादीहरुले विश्वमा गठबन्धन बनाइरहेको र राजनीतिक ध्रुविकरण बढिरहेको बताएका छन् । यस्तै, धनी राष्ट्रहरुका कारण जलवायु परिवर्तनको असर बढ्दै गएको उनको दाबी छ ।

    प्रचण्डले नेपालमा समाजवादको संक्षिप्त पृष्ठभूमिसहित वर्तमान परिस्थितिको समीक्षा, अन्तरराष्ट्रिय परिस्थितिको समीक्षा र निचोड, विज्ञान प्रविधिको विकास र समाजवादको औचित्य, पार्टी इतिहासको संक्षिप्त सिंहावलोकन, नेपाली पुँजीवादी क्रान्तिको मौलिकता र समाजवादी क्रान्तिको रणनीतिक कार्यनीति, समाजवादको आधार निर्माणसँग सम्बन्धित केही सैद्धान्तिक प्रश्नहरु, पार्टीका तात्कालिक नीति, योजना र कार्यक्रमको रुपरेखा शीर्षकमा प्रतिवेदन पेश गरेका हुन् ।

    उनले पार्टीले आगामी दिनमा लिनुपर्ने बाटो र कार्यक्रमबारे प्रष्ट पार्ने प्रयास प्रतिवेदन मार्फत गर्ने बताइएको छ । यस्तै, देव गुरुङले बन्दसत्रमा विधान प्रतिवेदन पेश गरिसकेका छन् ।

  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij