काठमाडौं । नेकपा ९माओवादी केन्द्र०को स्थायी कमिटी बैठक सुरु भएको छ ।
आठौँ राष्ट्रिय महाधिवेशन जारी रहँदा महाधिवेशनस्थल कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमै बैठक बसेको हो । महाधिवेशनका विषयमा छलफल गर्नका लागि बैठक बसेको बताइएको छ ।
महाधिवेशनको बन्दसत्रमा सोमबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक दस्तावेजमाथि आज समूहगत छलफल हुँदै छ । त्यसका लागि महाधिवेशन प्रतिनिधिहरूलाई २५ समूहमा बाँडिएको छ ।