आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

राष्ट्रिय सभा रिक्त सदस्यका लागि लुम्बिनीबाट ६ जनाको मनोनयन दर्ता


  • 2.9K
    SHARES
  • https://indrenipost.com/posts/2823
    पुष २०, २०७८ मंगलबार
    राष्ट्रिय सभा रिक्त सदस्यका लागि लुम्बिनीबाट ६ जनाको मनोनयन दर्ता

    बुटवल । राष्ट्रिय सभा सदस्य पदको निर्वाचनका लागि लुम्बिनी प्रदेशमा मंगलबार ६ जनाले मनोनयन दर्ता गराएका छन् । प्रदेश निर्वाचन कार्यालय दाङ पुगेर सत्तारूढ दलले मिलेर मनोनयन दर्ता गराए भने प्रमुख प्रतिपक्षी नेकपा एमालेले एकल रूपमा मनोनयन दर्ता गराएको हो ।

    माघ १२ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी)बाट पाल्पाकी राज्य लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चा (राजमो)को तर्फबाट रूपन्देहीका तुलबहादुर विश्वकर्माले मनोनयन दर्ता गरेका हुन् ।

    त्यस्तै, नेकपा एमालेबाट दाङका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनारले मनोनयन दर्ता गराएको  निर्वाचन कार्यलय दाङले जनाएको छ। 

    मनोनयन दर्ता गराउन जाँदा सत्तारूढ दलहरूले घोराहीस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयबाट जुलुससहित संयुक्त रूपमा गएका थिए भने एमालेका नेताहरू पनि दलबल र ब्यानरसहित मनोनयन दर्ताका लागि निर्वाचन कार्यालय पुगेका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij