शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

विकास ब्यवस्थापनकाे बहुआयामिक पक्ष

  • 28.5K
    SHARES
  • https://indrenipost.com/posts/284
    असार २६, २०७७ शुक्रबार
    विकास ब्यवस्थापनकाे बहुआयामिक पक्ष

    (लेखक रामेछाप नगरपालिकाका कानून अधिकृत तथा समाजशास्त्री हुन्)

    प्रारम्भ

    विकास आफैमा गतिशील प्रकृया हो । यो समसामयिक परिवर्तनको प्रतिविम्ब हो । तसर्थ यसलाई कसैले रोक्न सक्दैन । विकासलाई आफैमा नयाँ चरण र परिवेशबाट अनन्त गतिमा अगाडि वढ्ने प्रकृयाको रुपमा बुझ्नुपर्छ । यथास्थितिभन्दा परिपक्व, उन्नत, अपेक्षित अबस्थालाई विकासको रुपमा बुझ्न उपयुत्त हुन्छ । परम्परागत रुपमा विकास भन्नाले आर्थिक समृद्धि भन्ने बुझिन्थ्यो र आज पनि चलनचल्तीमा यसैलाई वुझिन्छ तर अर्थशास्त्रिय धारणामा विकास भन्नाले कुल ग्राहस्थ उत्पादन र प्रतिव्यक्ति आयमा बृद्धि भन्ने बुझिन्छ भने समाजशास्त्रिय अबधारणमा आर्थिक वृद्धिका साथसाथै सामाजिक चरित्र तथा आयामको विकास समेतलाई विकासको रुपमा लिएको छ ।

    अठाराैं शताब्दीमा अवलम्बन गरिएको पूँजीवादी अवधारणा अन्तर्गतको आर्थिक समृद्धितर्फ उन्मुख हुने रणनीतिपछि विकासको अवधारणाले बढि मुर्त रुप लिएको पाइन्छ । त्यस्तै अर्थशास्त्रका पीता आडम स्मिथको खुल्ला अर्थतन्त्रीय अवधारणाले आर्थिक समुन्नतीलाई विकासको मूल आधार बनाएको पाइन्छ । कार्ल मार्क्सले वर्गसंघर्षको प्रतिफल, श्रमिक वर्गको हकहित र उन्नतीको स्वरुपलाई नै वास्तविक विकास मानेका छन् ।

    सन् १९७० को दशकभन्दा अगाडि विकास आर्थिक विषयमा केन्द्रित थियो, जसमा प्रतिव्यक्ति आय, कुल राष्ट्रिय उत्पादन र आर्थिक वृद्धिले सामाजिक उपादेयतामा पु¥याएको योगदानसगँ सम्बन्धित थियो । ८० को दशकमा गरीबी, असमानता र वेरोजगारीलाई हटाउने योगदानलाई, जुन रोजगारीसगँ सम्बन्धित छ, यसैलाई नै विकासको रुपमा वुझ्न थालियो ।

    विकास सामयिक तथा बहुआयामिक प्रकृया

    आधुनिकीकरणतर्फको अग्रसरता, गतिशिल परिवर्तन, नवप्रवर्तनसहितको उपलब्धी र सन्तुष्टीको समिश्रण विकास हो । आम नागरिकले कहिलेकाही विकास र वृद्धि एउटै भनी बुझ्ने गरेको पाइन्छ तर विकास र वृद्धिमा अन्तर छ । विकास अनन्त हुन्छ त वृद्धि सीमित हुन्छ तर विकास सकारात्मक परिवर्तनसहितको वृद्धि भने अवश्य हो ।

    विकासका बहुआयामिक पक्ष

    १) राजनीतिक विकास

    प्रजातान्त्रिक राजनीतिक प्रणाली, राजनीतिक स्थिरता र सरकारको स्थिरतालाई समग्र विकास प्रकृयाको पूर्वशर्तको रुपमा लिइन्छ । शासकीय प्रणाली, आवधिक स्वतन्त्र र निष्पक्ष निर्वाचन, नागरिक स्वतन्त्रता, मौलिक हक, मानव अधिकार, शक्ति पृथकिकरण र सन्तुलन आदी विषयहरु यस अन्तर्गत पर्दछन ।

    २ आर्थिक विकास

    • प्रतिव्यक्ति आयमा वृद्धि, कुल राष्ट्रिय उत्पादनमा वृद्धि, पूर्वाधार विकास, उद्योगधन्दाहरुको विकास, लगायतका विषयहरु आर्थिक विकास अन्तर्गत पर्दछन । अर्थशास्त्रिय अबधारणाले कुल ग्राहस्थ उत्पादन र प्रतिव्यक्ति आयमा बृद्धि हुनु आर्थिक बृद्धिको रुपमा मानेको छ ।
    • प्रतिव्यक्ति आयमा वृद्धि
    •  कुल राष्ट्रिय आयमा बृद्धि
    •  उत्पादन क्षमतामा बृद्धि
    •  उद्योग स्थापना
    •  पूजीँको प्रबाह
    •  मेसिन, उपकरण तथा औजारहरुमा विविधीकरण
    •  पूर्वाधारको विकास
    •  प्राकृतिक स्रोत र साधनको समुचित परिचालन
    •  आर्थिक बृद्धी
    •  सहरिकरण
    •  आम्दानी तथा सम्पत्तीको समान वितरण

    ३) सामाजिक विकास

    • नागरिकको प्रत्यक्ष सरोकार र पहुँचको विषयवस्तु शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, साँस्कृतिक विकास र सम्बर्धन सीमान्तकृत वर्गको उत्थान, आदिवासी जनजातीहरुको उत्थान, शुसंस्कृत र सभ्य सामाजिक अन्तर सम्बन्धका विषय वस्तुहरु सामाजिक विकास अन्तर्गत पर्दछन ।
       शिक्षा, स्वास्थ्य र पोषण
    •  आत्मनिर्भरता
    •  राजनैतिक स्वतन्त्रता , स्व निर्णयको अधिकार
    •  राजनैतिक स्थिरता, शान्ति र सुरक्षा
    •  रोजगारीको अबसर
    •  आर्थिक न्यायिक समानता र मानव अधिकार
    • सुशासन सामाजिक सद्धभाव 

    ४) संस्थागत विकास

    कानून वमोजिम शासन र संस्थागत कार्यक्रम कार्यान्वयन यस अन्तर्गत पर्दछन् । निजी क्षेत्र, नागरिक समाज, सहकारी क्षेत्र तथा जनचासोका सवालमा पैरवी गर्ने संघसंस्थाहरु को विकास हुन जरुरी छ । अन्यथा समग्र विकासमा तरकारीमा नुन नहुनु जस्तै हो ।

    ५) मनोबैज्ञानिक विकास

    मानिस वा नागरिकको सोच्ने स्तर र क्षमतामा समेत विकास हुन जरुरी छ । संकुचन र एकलब्य सोचका कारण समाजमा वितृष्णा, वैमनश्यता तथा विवादहरु हुने गरेका हुदा मानिसको शरिर, मन, उर्जा र सम्बन्धमा सकरात्मक सोच, स्वस्थ शरिरका लागि स्वस्थ खाना, विहार तथा मनोरञ्जन तथा योगासन र ध्यानले मानिसको मनोविज्ञानमा परिवर्तन आउछ । मनोविज्ञानमा परिवर्तन गराउने तत्व खानपान तथा संगत तथा अध्ययनमा समेत भर पर्ने हुदा शिक्षित हैन चेतनशिल हुन जरुरी छ ।

    विकासका नविनतम उपागमहरु

    •  स्थिर राजनितीक अबस्था
    •  तटस्थ, प्रतिवद्ध र प्रभावकारी प्रशासनयन्त्र
    •  ब्यावहारिक तथा कार्यान्वयनमूलक योजना
    •  जनसहभागिता तथा जनसमर्थन
    •  साधन स्रोतको उपलब्धता र औचित्यपूर्ण प्रयोग
    •  भ्रष्टचारको न्यूनिकरण
    •  दुरदर्शीता तथा कार्यबद्धता
    •  आन्तरिक तथा वाह्य विकास साझेदारहरुसगँ समन्वय र सहकार्य


    उल्लेखित पूर्वशर्तहरु देश वा विश्व पद्धतीमा समाहित भएमा नविनतम विकासका प्रयास हरु सार्थक हुनेछन र आधुनिक तथा जनविकासमा मद्धत पुग्नेछ । विश्वव्यापी रुपमा समाजका एकल आबश्यकतालाई साझा आबश्यकतामा रुपान्तरण गर्दै देहायका अबधारणहरु साझा रुपमा विकास भएको पाउन सकिन्छ ।

    विकासका साझा विश्व अबधारणा

    •  सहश्राब्दि विकास लक्ष्य
    •  दिगो विकासको लक्ष्य
    •  समावेशी विकास
    •  सहभागितामुलक विकास
    •  गरीबी निवारण
    •  लैङ्गिक सशक्तीकरण
    •  जलवायू परिवर्तका नकरात्मक प्रभाको नयुनिकरण र अनुकलन


    विकास व्यवस्थापन

    विकास गतिशील, बहुआयामिक, सामयिक,आवश्यकिय, सकरतात्मक परिवर्तनको प्रकृया हो । विकास प्रत्येक जनका लागि तथा राष्ट्रका लागि अपरिहार्य र नैसर्गिक अधिकार भएपनि यसको प्राप्ति त्यस्तो सहज भने छैन् । किनभने विकासको प्रारुप तयार गर्नु, रणनीति तयार गर्नु, कार्यक्रम तयार गर्न र विकास कार्यको दिगोपनाको शुनिश्चितताको लागि विभिन्न अन्तर्सम्बन्धित पक्षहरुको सवल उपस्थिति र उचित व्यवस्थापनको आवश्यकता पर्दछ । विकास ब्यवस्थापनको अबधारणा परम्परागत विकास प्रयासको अबधारणाभन्दा अलि फरक पनि छ । किनभने विकास व्यवस्थापन विकासको रणनीतिक व्यवस्थापन हो, जसले गरीबमुखी विकास, दिगो विकास, वातावरणमैत्री विकास प्रकृयालाई मुल लक्ष्य बनाई विकास साझेदार, साधनस्रोत, आन्तरिक र बाह्य सहककर्ताहरुबीच साझा र समन्वयात्मक प्रयासहरुको सुब्यवस्थापनमा जोड दिई विकास प्रयासलाई पारदर्शी र समाबेशी वनाउने प्रयास गर्दछ ।

    नयाँ सार्बजनिक व्यवस्थापन, व्यवस्थापनवाद, वजार संयन्त्रमा आधारित सार्वजनिक प्रशासन, विश्वव्यापीकरणले निम्त्याएका अबसर र चुनौतीहरुको शन्दर्भमा विकास व्यवस्थापनको परम्परागत मान्यतामा समसामयिक परिवर्तनको आबश्यकता वोध भएको हो । विकास प्रयासले आर्थिक सामाजिक उन्नतीको अतिरित्त उदियमान अबधारणहरुको अन्तर सम्बन्धलाई सम्वोधन गर्नुपर्ने हुदा विकास व्यवस्थापनले यि सर्व पक्षको विचमा सामान्जस्यता कायम गर्ने गर्दछ । यि र यिनै पक्षमा संघिय, प्रादेशिक र स्थानिय तहहरुको योजना र अभ्यासमा समन्वय भएको खण्डमा समग्र विकास सम्भव छ ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij