मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

नेपाली गीतले राख्यो विश्व कीर्तिमान, गिनिज बुकमा रेकर्ड कायम


  • 3.2K
    SHARES
  • https://indrenipost.com/posts/3206
    माघ १५, २०७८ शनिबार
    नेपाली गीतले राख्यो विश्व कीर्तिमान, गिनिज बुकमा रेकर्ड कायम

    काठमाडौं ।  सबैभन्दा उच्च स्थानमा म्युजिक भिडियोको छायांकन गरेर पाँच जना नेपाली युवाले विश्व रेकर्ड कायम गरेका छन् ।

    ५ हजार २० मिटरको उचाइमा रहेको सोलुखुम्बुको खारे (मेरा पिकजाने बाटो)मा पुगेर  गीत ‘सुन्दर हिमाल’को भिडियो छायांकन गर्दै गिनिज बुक अफ वल्र्डमा रेकर्ड कायम गरिएको हो ।

    यसको गीत बुद्धिराज राई (दुर्लभ जन्तरे)ले लेखेका हुन् । गीतमा डीआर अटुको संगीत र टेक नाछिरिङको स्वर छ । कोरस गायनमा माया गुरुङ र शिखरजंग श्रेष्ठ ‘गजरकोटे’ले साथ दिएका छन् ।

    स्थलगत रेकर्डिङ गरिएको गीतमा शिवराज जोशीको मादल, बाँसुरी डम्बरसिंह राई र किबोर्ड टेक नाछिरिङले बजाएका छन् । रेकडिस्टको भूमिका शिखरजंग श्रेष्ठ ‘गजरकोटे’ले निर्वाह गरेका छन् । उनीहरू सबै सञ्चारकर्मी तथा कलाकार हुन् ।

    यो रेकर्ड दाबीलाई गिनिज बुकले मान्यता दिएको छ । गिनिज बुकको मान्यतासँगै यसअघि निर्माण भएको हाइएस्ट अल्टिच्युड म्युजिक भिडियो, ‘अनल्यान्ड’ शीर्षकमा नेपाली युवाहरू सञ्चबहादुर राई, पुष्कर नेपाल, पावल राई, लक्ष्मण कार्की र राजन खरेलको नाममा रहेको रेकर्ड ब्रेक भएको हो । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij