शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

बागमती प्रदेशमा दुवै संसदीय समितिमा एमाले विजयी


  • 20.5K
    SHARES
  • https://indrenipost.com/posts/3246
    माघ १७, २०७८ सोमबार
    बागमती प्रदेशमा दुवै संसदीय समितिमा एमाले विजयी

    हेटौंडा । बागमती प्रदेशसभा अन्तर्गत रहेको २ वटा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) विजयी भएको छ ।

    सोमबार भएको निर्वाचनमा सत्तारूढ गठबन्धन सहभागी नभएपछि दुवै समितिको सभापतिमा एमालेको उम्मेदवार बिजयी भएका हुन् । 

    प्रदेशसभा अन्तर्गत रहेका अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति छनोट गर्न निर्वाचन भएको थियो ।

    सो निर्वाचन प्रक्रियामा सत्तारूढ गठबन्धन सहभागी नै नभएपछि एमालेले दुवै समितिको सभापति पाएको छ । 

    एमालेले अर्थ समिति सभापतिमा काठमाडौंका नारायणबहादुर सिलवाल र शिक्षा समितिमा काठमाडौंकै केशवप्रसाद पोखरेललाई अगाडि बढाएको थियो ।

    एमालेको बहुमत रहेका कारण सत्तारूढ गठबन्धनले उम्मेदवार नै दर्ता नगराउनुका साथै निर्वाचन प्रक्रियामा समेत सहभागी भएन । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij