शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

भरतपुर उज्यालो सहर अभियानको थालनी


  • 2.5K
    SHARES
  • https://indrenipost.com/posts/3310
    माघ २०, २०७८ बिहीबार
    भरतपुर उज्यालो सहर अभियानको थालनी

    चितवन । भरतपुर महानगरपालिका भित्रका मुख्य सडक तथा चोकमा ‘स्मार्ट सडक बत्ती’ जडान  सुरु गरिएको छ ।

    भरतपुर महानगर र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवर्द्धनआयोजनाको संयुक्त साझेदारीमा काम थालिएको हो ।

    अभियान अन्तर्गत ७८ दशमलब १ किलोमिटर सडक क्षेत्रमा एक हजार ९३३  बत्ती जडान गरिने छ ।

    महानगर प्रमुख रेनु दाहालका अनुसार मूल्य अभिवृद्धि करसहित ११ करोड ४९ लाख ८९ हजार ३०० ठेक्का सम्झौता भएसँगै सेफ स्टिलरसूर्योदय ऊर्जारटपशन जेभिले शुक्रनगरबाट काम सुरु भएको हो । 

    अगामी वैशाखसम्म काम सम्पन्न हुने जनाइएको छ । उनले भने, सुरक्षा र सुन्दरताको दृष्टिकोणले भरतपुरलाई  उत्कृष्ट सहर बनाउन ‘उज्यालो सहर’ अभियान सहयोगी बन्ने छ ।

    महानगरका मुख्य सहरी क्षेत्र जिल्ला प्रशासन, हाकिम, चौबिसकोठी, वीरेन्द्र क्याम्पस, सहिद, पुलचोक, पोखरा बसपार्क दियालो बङ्गला र मालपोत चोकमा हाईमास्ट बत्ती जडान गरिँदै छ ।

    बाँकी सडकलाई स्मार्ट बत्ती जडान गरेर झिलिमिली बनाइने योजना छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij