प्यूठान । प्यूठान जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । दुर्घटनास्थलमै ६ जना र उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा थप दुई जनाको मृत्यस भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी देवीप्रसाद गैह्रेले जानकारी दिए बताए।
नौबहिनी गाउँपालिकाको लुङबाट दुलही लिएर गौमुखि गाउँपालिकाको लिवाङ जाँदै ग १ ज ५०९२ नम्बर को जिप ओखरपाटामा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते ५ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतकहरूको सनाखत भइनसकेको प्रहरीको भनाइ छ ।