काठमाडौं । गायन रियालिटी शो सारेगामापा लिटिल च्याम्प्स नेपालुको उपाधि झापा विर्तामोडकी कृपा पौडेलले जितेकी छन् ।
शनिबार राती भएको ग्राण्ड फिनालेमा कृपाले सबैभन्दा बढी भोट ल्याउँदै विजेता घोषित भएकी हुन् । १४ वर्षीया कृपाले उपाधिसँगै १६ लाख नगद हात पारिन् ।
सारेगामापाको फस्ट रनर अफ रोशा फुयाँल र सेकेन्ड रनर अप आदित्य विश्वकर्मा भए । टप फाइनालिस्टमा कृपा, रोशा र आदित्यसँगै अभिज्ञा घिमिरे र अरुण सुनार परेका थिए ।
चारघन्टा भन्दा बढी चलेको फिनालेको व्यवस्थापन कमजोर हुँदा कार्यक्रम खल्लो देखिन्थ्यो ।