काठमाडौं । कोरोना माहामारीका कारण दोस्रोपटक बन्द गरिएका सिनेमा हल फागुन १ देखि खुल्ने भएका छन् । सरकारले फागुन १ गतेदेखि सिनेमा हल खोल्ने निर्णय गरेको हो ।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) को आइतबार बसेको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै सिनेमा हल खुलाउन सरकारलाई सिफारिस गरेको हो ।
कारोना संक्रमणको तेस्रो लहर सुरु भएपछि सरकारको निर्देशनमा स्थानीय प्रशासनले गत माघ ३ गतेदेखि हल बन्द गराएको थियो ।