मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

महाभारतका भीम रहेनन्, आर्थिक सङ्कटमै बित्यो जीवन


  • 2.1K
    SHARES
  • https://indrenipost.com/posts/3458
    माघ २५, २०७८ मंगलबार
    महाभारतका भीम रहेनन्, आर्थिक सङ्कटमै बित्यो जीवन

    काठमाडौं ।  धार्मिक सिरियल महाभारतका भीमको निधन भएको छ । 

    महाभारतमा भीमको भूमिका निभाएका प्रवीण कुमार सोबतीको ७४ वर्षको उमेरमा आज निधन भएको हो । उनी विगत केही वर्षदेखि बिरामी थिए । 

    उनको निधनले मनोरञ्जन क्षेत्रमा शोकको लहर छाएको छ । गत वर्ष प्रवीणले आर्थिक सङ्कटको सामना गरिरहेको खबर बाहिरिएको थियो । 

    तर उनले आफूलाई पैसाको समस्या नभएको बताउँदै आएका थिए । प्रवीण अग्लो उचाइका कारण निकै चर्चित थिए । उनी अभिनेताका अलावा एथलेटिक्स खेलाडी पनि हुन् । 

    उनले ह्यामर र डिस्क थ्रोमा धेरै पदक जितिसकेका छन् । बीएसएफका पूर्व डेपुटी कमाण्डेन्ट रहेका प्रवीणले एसियाली र कमनवेल्थ गेम्समा पनि भारतको प्रतिनिधित्व गरिसकेका छन् । 

    उनले हङकङमा भएको एसियाली खेलकुदमा भारतका लागि स्वर्ण पदक जितेका थिए । उनले सन् १९६० र ७० को दशकमा एथलेटिक्समा पनि निकै लोकप्रियता हासिल गरेका थिए ।

    केही समयअघि प्रवीणकुमारले जीविकोपार्जनका लागि पेन्सन मागेका थिए । आफ्नो आर्थिक सङ्कटको जानकारी दिँदै उनले सरकारसँग सहयोग पनि मागेका थिए । 

    आर्थिक अभावबारे कुरा गर्दा उनले आफूलाई पैसाको समस्या नभएको बताएका थिए । उनी आफूसँग भगवान्ले दिएको सबै कुरा रहेको बताउँथे । मसँग यति धेरै पैसा छ कि जब म संसार छोड्छु, म केही छोड्छु, उनको भनाइ थियो । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij