वर्तमान युगको विचारधारा के हो ? विज्ञान–प्रविधिले वर्तमान समाज र विश्वमा के परिवर्तन ल्याएको छ ? समाजवादी आन्दोलनको मोडल के हो ? समाजवादी आन्दोलनका लागि नेपाल र विश्वको परिवेश अनुकुल छ कि छैन ? विज्ञान–प्रविधि उत्पादक शक्तिको रुपमा आएको हो ? यस्ता ज्वलन्त सवालहरुमा कुराकानी गर्नका लागि नयाँ समाजको नयाँ बहसमा नयाँ समाजवादी अध्यता तथा नेकपाका नेता दलबहादुर विसीसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
लेनिनको पालामा लेनिनले नयाँ सश्लेषण गर्नुभयो । माओको पालामा माओले पनि नयाँ सश्लेषण गर्नुभयो । नेताको कार्यभार भनेको हो त ? नेपालको र विश्वको सन्दर्भमा आजको सश्लेषण के ? दार्शनिक र नेतृत्वले यो कुरा सश्लेषण गर्नेबेला आएको छ ।
मान्छे हैन, विज्ञानप्रविधि निर्णायक भएर आएको छ । यो कुरा हामीले बुझ्न सक्नुपर्छ ।
परमाणु शक्तिका कारण अहिले टोटल वारमा जान सक्ने अवस्था छैन् । एउटा परमाणु बमले सबैलाई ध्वंस्त पार्न सक्ने भयो । जसका कारण शक्ति राष्ट्रहरुबीच अहिले हतियारको वार हुन सक्दैन । मानिसले कन्ट्रोल गर्न नसकेको समाजलाई विज्ञान–प्रविधिले कन्ट्रोलमा ल्याइदिएको छ । यो नयाँ सश्लेषण हो ।
अहिले समाजवाद समाजवादभन्दा एउटा पक्षलाई अपाच्य हुन्छ । पुँजीवाद अजर छ भन्ने छ । तर समाजवाद भनेको तपाई हामीले क्रेट गरेको विषय होइन । यो युटोपिया होइन । यो काल्पनिक कुरा होइन । यो त समाज विकासको क्रममा आएको व्यवस्था हो । पुँजीवादले समस्या समाजधान गर्न नसकेको कारण समाजवाद आएको हो ।