शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

एमसीसी पास गर्न एमालेलाई फकाउँदै अमेरिका


  • 1.7K
    SHARES
  • https://indrenipost.com/posts/3783
    फागुन ८, २०७८ आइतबार
    एमसीसी पास गर्न एमालेलाई फकाउँदै अमेरिका

    तिलोत्तमा । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीलाई मिलाएर एमसीसी पास गराउन अमेरिका लागि परेको बताएका छन् ।

    उनले एमसीसी पास गराउनका लागि अहिले अमेरिकाले एमालेलाई फकाईरहेको दाबी गरे ।

    अध्यक्ष केसीले अमेरिकाले अहिले एमसीसी पास गराउने विषयमा अमेरिकाले राष्ट्रिय जनमोर्चाको आशै नगरेको बताए ।

    नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बाट आश मरेपछि अहिले अमेरिका एमालेको पछि लागेको छ, उनले भने, वामपन्थीकै कारण एमसीसी पास हुने खतरा रहेको छ ।

    नेसनल मल्टीपर्पोज इन्भेस्टमेन्ट कम्पनी प्रालिको शनिबार बुटवलमा आयोजित साधारणसभामा बोल्दै केसीले अमेरिकन लगानी एमसीसीले देशमा विदेशी हस्तक्षेप झनै बढ्ने बताए ।

    पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केसीले अमेरिकन जासुस नेपाल आएर नेपालीलाई फकाइरहेको दाबी गर्दै सत्ता चलाउनेहरु बिकी सकेको जनाए । यो समाचार कान्तिपुर दैनिकमा छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij