मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

स्थानीय तहको चुनावमा खटिने १ लाख १० हजार जनाको दुर्घटना बिमा


  • 1.7K
    SHARES
  • https://indrenipost.com/posts/3875
    फागुन ११, २०७८ बुधबार
    स्थानीय तहको चुनावमा खटिने १ लाख १० हजार जनाको दुर्घटना बिमा

    निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा खटिने जनशक्तिको सामुहिक दुर्घटना बिमा गर्ने भएको छ ।

    निर्वाचन आयोगका पदाधिकारीदेखि मतगणनामा खटिनेगरी १ लाख १० हजार ७१३ जनाको सामुहिक दुर्घटना बिमा गरिन लागिएको हो ।

    सामूहिक दुर्घटना बिमा २० लाखको रहनेछ । आयोगले त्यसका लागि प्रस्ताव आह्वान गरेको छ ।

    बिमा शुल्क र प्रस्तावका आधारमा आयोगले उपयुक्त बिमा कम्पनीमार्फत् बिमा गर्नेछ ।

    ५० प्रतिशतभन्दा बढी स्वदेशी स्वामित्व भएका तथा कालोसूचीमा नपरेका कम्पनीलाई १६ फागुनभित्र प्रस्ताव पेस गर्न भनिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij