नेपालमा थप २७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा एन्टिजेन र पीसीआर प्रविधिबाट देशभर ८ हजार ६२८ नमूनाको परीक्षण हुँदा शुक्रबार २७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
गत २४ घण्टामा ५ हजार ४५२ जनाको पीसीआर र ३ हजार १७६ जनाको एन्टिजेन परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
एन्टिजेन परीक्षणको तथ्याङ्कमा एसएमएस र ईमेलबाट प्राप्त नतिजाको विवरण समेत समावेश गरिएको छ ।
पीसीआर परीक्षणबाट १५८ जनामा र एन्टिजेन परीक्षणबाट ११७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
गत २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरि १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ९३२ पुगेको छ ।