मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

विश्व बैंकले कोरोनाविरुद्धको खोप खरिदका लागि नेपाललाई २.१४ अर्ब ऋण दिने


  • 1.6K
    SHARES
  • https://indrenipost.com/posts/3926
    फागुन १३, २०७८ शुक्रबार
    विश्व बैंकले कोरोनाविरुद्धको खोप खरिदका लागि नेपाललाई २.१४ अर्ब ऋण दिने

    नेपाल र विश्व बैंकबीच आज एक सम्झौतापत्रमा हस्तक्षार भएको छ ।

    सम्झौता अनुसार विश्व बैंकले कोरोना महामारी नियन्त्रण गर्न नेपाललाई १ करोड ८० लाख अमेरिकी डलर (२.१४ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण उपलब्ध गराउने छ ।

    अर्थ मन्त्रालयमा शुक्रबार आयोजित एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

    सम्झौतामा पत्रमा नेपालको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र विश्व बैंकको तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाको लागि विश्व बैंकका कन्ट्री डिरेक्टर फारिस हाड्याड–जेरभोसले हस्ताक्षर गरेका थिए ।

    उक्त सहयोग पाँच वर्षभन्दा माथिका बालबालिकालाई लगाइने खोप खरिदमा खर्च गरिने अर्थ मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

    ‘कोभिड–१९ इर्मजेन्सी रेस्पोन्स एण्ड हेल्थ सिस्टम प्रिपियडनेस परियोजना’ मार्फत विश्व बैंकले दिने रकम खर्च गरिनेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij