देशभर हाल तीन वटा जिल्लामा मात्र पाँच सयभन्दा बढी कोरोनाको सक्रिय संक्रमित रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ सयभन्दा बढी संक्रमित भएको जिल्लालाई रेड जोनमा राखेको छ ।
काठमाडौं, ललितपुर र कास्कीमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
देशभर हाल संक्रमित संक्रमितको संख्या ८ हजार ८३९ जना छन् ।
काठमाडौंमा मात्र १ हजार ६४९, ललितपुरमा १ हजार ११५ जना सक्रिय संक्रमित छन् ।
यस्तै आठ वटा जिल्लामा भने २ सयभन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
यो सूचीमा मोरङ, सुनसरी, धनुषा, चितवन, बाँके, रुपन्देही र कैलाली छन् ।