काठमाडौं । देशभर थप १२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप १२७ जनामा संक्रमण पुष्टि भएको हो ।
६ हजार ८७४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
४ हजार ६७२ जनाको पिसिआर गर्दा १२३ र २ हजार २०२ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै देशभर ७ हजार ७७० जना सक्रिय संक्रमित छन् ।
बिहीबार ३१२ जना संक्रमित निको समेत भएका छन् । यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ ।
यस्तै काठमाडौंमा ३० संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १८ भक्तपुरमा ४ र ललितपुरमा ८ संक्रमित थपिएका छन् ।