मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

थप १०५ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु


  • 1.3K
    SHARES
  • https://indrenipost.com/posts/3983
    फागुन १९, २०७८ बिहीबार
    थप १०५ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९४४ पुगेको छ ।

    बिहीबार ३२० जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर ७ हजार ५१७ जना सक्रिय संक्रमित रहेका छन् ।

    गत २४ घन्टामा २ हजार ४४८ पीसीआर तथा २ हजार ४७६ एन्टिजेन परीक्षण भएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २५ जना संक्रमित थपिएका छन् । काठमाडौंमा १८, भक्तपुरमा २ र ललितपुरमा ५ जना संक्रमित थपिएका हुन् ।

  • सम्बन्धित विषय:

  • # काेराेना भाइरस
  • # काेभिड
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij