काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।
यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९४५ पुगेको छ ।
शुक्रबार ३८५ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाल देशभर ७ हजार २४२ जना सक्रिय संक्रमित रहेका छन् ।
गत २४ घन्टामा ७ हजार ९१ पीसीआर तथा १ हजार ८४२ एन्टिजेन परीक्षण भएको छ ।