शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

अहिलेको पुँजीवाद डाटा पुँजीवाद होः सुरेन्द्र पाण्डे


  • 25.9K
    SHARES
  • https://indrenipost.com/posts/400
    कात्तिक २६, २०७७ बुधबार
    अहिलेको पुँजीवाद डाटा पुँजीवाद होः सुरेन्द्र पाण्डे

    सत्तारुढ नेकपाका स्थायी समिती सदस्य सुरेन्द्र पाण्डेले अहिलेको पुँजीवादलाई डाटा पुँजीवादका रुपमा व्याख्या गरेका छन् । एक मिडियासँग भएको संवाद नेता पाण्डेले अब पँजीवादको पुरानो चरित्र अनुसार व्याख्या गरेर बनाइने योजनाले काम नगर्नेसमेत बताए ।
    डाटा पुँजीवादबारे नेता पाण्डेको टिप्पणी यस्तो छ :

    कार्ल मार्क्सले कमोडिटी इकोनोमीको लामो व्याख्या गरे र श्रमिकको श्रमबाट अतिरिक्त अंश निकाल्दै पुँजीपति वर्गको उदय हुने कुरा निष्कर्ष निकाले । उत्पादनमा मजदुर सहभागी हुने, तर वितरण पुँजीपतिमा मात्रै हुने भएकाले धनी झनै धनी र गरीब झनै गरीब हुने भए । पुँजीवादको मुख्य चरित्र यही नै हो । तर, २० औं शताब्दीमा आएपछि भने साम्राज्यवादको चरण सुरु भयो । उपनिवेश लागू हुन थाल्यो । कुनै देशमा पैसा लिएर जाने, अनि त्यही देशको कच्चा पदार्थबाट त्यही देशका मजदुरमार्फत् वस्तु उत्पादन गर्ने र त्यही बेचेपछि पैसा बोकेर फर्कने । त्यो बेलाको पुँजीवादको मुख्य चरित्र वित्तीय पुँजीवाद थियो ।

    सन् १९६० मा कम्युटरको विकास भयो । कम्युटरबाट सूचना ट्रान्सफर हुन थाल्यो । सन् १९९० तिर पुग्दा वल्र्ड वाइड वेव ९डब्लुडब्लुडब्लु० को विकास भयो । बिग डाटा सेन्टरहरु निर्माण हुन थाल्यो । त्यसलाई आर्टिफिसियल इन्टेलिजिन्सको माध्यमबाट विश्लेषण गर्ने र संभावनाहरु बारे निष्कर्ष निकाल्न थालियो । अहिले ठूला देशहरुले ब्यापक मात्रामा व्यक्तिगत सूचना ९डाटा० हरु संकलन गर्न गरिरहेको छ । त्यो सूचना आर्टिफिसियल इन्टेलिजेन्सको माध्यमबाट विश्लेषण हुन्छ । संकलित मानव व्यवहारको सूचना आर्टिफिसियल इन्टेलिजेन्सको माध्यमबाट विश्लेषण गरेर प्रेडिक्टिभिट प्रोडक्ट ९‘।० निर्माण गरिन्छ । अर्थात्, डाटाचाहिँ कच्चा पदार्थ भयो । यो नै अहिलेको शताब्दीको पुँजीवादको चरित्र हो । हिजो श्रमबाट हुने काम अब डाटाहरुबाट हुने गर्छ ।

    त्यसैले, अहिलेको पुँजीवाद डाटा पुँजीवाद हो । यो चरित्र बुझिएन भने पुरानो व्याख्या गरेर बनाइने योजनाले काम गर्दैन । पुरानो पुँजीवादको चरित्र बाटो बनाउने, रेल बनाउने, ठूला बिल्डिङ बनाउने थियो । हामी त्यही अल्मलिरहेका छौं । आज अमेरिका र चीनबीच कसले बढी सूचना संकलन गर्ने र को शक्तिशाली हुने प्रतिश्पर्धा भइरहेको छ ।’
    पहिले(पहिले हामीले कार्यकर्ताहरुको विचार बनाउन, एकभन्दा बढी व्यक्तिमा पुर्‍याउनलाई पर्चा, पोष्टर, र्‍याली, भेला, प्रशिक्षण आदि गरिन्थ्यो । आजकल कम्युनिकेसनको साधन फेसबुक, ट्वीटर, यूटुब भयो ।

    हिजो न्यूज पेपर (समाचार बोक्ने कागज) भन्थ्यौं, त्यो समय एकप्रकारले अन्त्य भयो । त्यो अनलाइनमा आयो, सामाजिक सञ्जालमा शेयर गर्न सकिने भयो । कुनै व्यक्तिले आफ्नो कुरा राख्नासाथ जथाभावी कमेन्ट गर्न थालियो । हिजो राम्रो गर्न पनि र नराम्रो गर्न पनि यस्तो साधन थिएन । हजारौं र लाखौं मानिसलाई सुनाउन सकिन्न थियो । आज सर्कुलर पढ्ने भन्दा पनि सामाजिक सञ्जालमा कसैले गरेको टिप्पणीमा प्रतिक्रिया जनाउन थालियो । सबै प्रतिक्रिया नराम्रो र अमर्यादित हुन्छ भन्न खोजेको चाहिँ होइन । यसले हामीले भन्दै आएको अनुशासनका कुरा कमजोर पक्कै बनाएको छ ।

    सामाजिक सञ्जालले पार्टीको मात्रै नभएर समाजकै अनुशासन पनि भत्काएको छ । मनपरी गाली गर्ने साधन पाएकैले यस्तो हुन गएको हो । त्यो कारणले पनि पार्टीभित्रको वादविवाद तथा बहसलाई जटिल र शत्रुतापूर्ण बनाउने काम भएको छ । पहिले प्रवक्ता भनेको अफिसियल पेपरमा लेखेर पत्रकारहरुलाई बोलाएर कुरा राख्ने हुन्थ्यो । अहिले पत्रकारले पनि टेलिफोन गरेर सोध्छ र त्यतिखेरै प्रतिक्रिया भनेर लेखिहाल्छ । व्यक्तिहरुले पनि सामाजिक सञ्जालमा राखेपछि तत्काल सर्कुलेसन हुन्छ । यसले राम्रो पनि गरेको छ, नराम्रो पनि गरेको छ । तर, धेरै काम राम्रो पनि भएका छन् । जस्तो( प्राकृतिक दुघर्टनामा परेकाको उद्धार गर्न यसले सहयोग गरेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij