काठमाडौं । नेपालमा ६५० एमजीको पारासिटामोल ट्याबलेट बन्ने भएको छ ।
बिहीबार बसेको औषधि सल्लाहकार समितिको ५३ औँ बैठकले नेपालमा पनि ६५० एमजीको पारासिटामोल बनाउने निर्णय गरेको हो ।
हालसम्म नेपालमा ५०० एमजीको पारासिटामोल उत्पादन हुँदै आइरहेको छ ।
बैठकले ६५० एमजीको पारासिटामोल दर्ता गर्न औषधि व्यवस्था विभागलाई अनुमति दिने निर्णय गरेको छ ।
विज्ञ सल्लाहकारहरुको रायको आधारमा ६५० एमजीको आवश्यकता भएको भन्दै दर्ता गर्ने निर्णय भएको विभागका सूचना अधिकारी सन्तोष केसीले बताए ।