मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना संक्रमण, २७१ जना भए निको


  • 1.2K
    SHARES
  • https://indrenipost.com/posts/4094
    चैत ११, २०७८ शुक्रबार
    पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना संक्रमण, २७१ जना भए निको

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १८ जना नयाँ संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १२ जना र एन्टिजन परिक्षण गर्दा ६ जना गरि जम्मा १८ जना नयाँ संक्रमित थपिएका हुन् ।                 

    त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या धेरै रहेको छ ।

    यस अवधिमा २७१ जना कोरोनामुक्त भएका छन् ।

    योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.६ प्रतिशत रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ ।   

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij