दाङ । तुलसीपुर उपमहानगरपालिका ५ मा पूर्व(राजा वीरेन्द्र शा हको अर्ध कदको शालिक स्थापना गरिएको छ ।
तत्कालीन माओवादीले २०६२–०६३ को आन्दोलनको समयमा तुलसीपुरको वीरेन्द्र चोकमा रहेको पूर्व(राजा वीरेन्द्रको शालिक तोडफोड गरेको थियो ।
करिब १६ वर्षपछि पुनः वीरेन्द्र चोकमा वीरेन्द्रको शालिक स्थापना गरिएको हो । उपमहानगरपालिका ५ को आह्वानमा मेटिएको इतिहासलाई बचाउने प्रयास गरिएको वडाध्यक्ष वीरेन्द्र शाहले बताए ।
ुआफूहरू जनप्रतिनिधि भएर आइसकेपछि वडा सरकारबाट निर्णय गराएर वीरेन्द्र चोकमा बोर्ड राख्यौ, सोहीअनुरूप मूर्ति स्थापना गर्न सफल भएका हौं ।