शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

महानगर र उपमहानगरमा केन्द्रबाटै चुनावी तालमेलको निर्णय हुन्छ : प्रचण्ड


  • 1.8K
    SHARES
  • https://indrenipost.com/posts/4152
    चैत १६, २०७८ बुधबार
    महानगर र उपमहानगरमा केन्द्रबाटै चुनावी तालमेलको निर्णय हुन्छ : प्रचण्ड

    चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरपालिकामा सत्तासाझेदार दलका बीचमा केन्द्र तहबाट नै तालमेल हुने बताएका छन् ।

    बुधबार चितवन पुगेका उनले पत्रकारहरुसँग कुराकानीमा तालमेल सत्ता साझेदार दलका बीचमा नै हुने जानकारी दिएका हुन् ।

    उनले भने, ‘महानगर र उपमहानगरपालिकालाई केन्द्रबाटै तालमेल गर्ने भन्ने छलफल चलेको छ ।

    बिहीबार बस्ने गठबन्धनको बैठकबाट केही न केही निर्णयमा पुग्छौं’, उनले भने, ‘कांग्रेसको केन्द्रीय समितिको बैठकले निर्णय गरेपछि गठबन्धनका बीचमा आवश्यकताअनुसार तालमेल हुने प्रस्ट भएको छ ।’

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij