मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

मैले मन्त्रीको पद सम्हाले मिशेलले मलाई छोडिदिनेछिन्: ओबामा

  • 11.4K
    SHARES
  • https://indrenipost.com/posts/424
    मंसिर १०, २०७७ बुधबार
    मैले मन्त्रीको पद सम्हाले मिशेलले मलाई छोडिदिनेछिन्: ओबामा

    अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाले राष्ट्रपतिको पद छोडेपछि उनकी श्रीमती असाध्यै खुसी भएको बताएका छन् । ओबामाले भने, ‘कार्यालय छोडेपछि मिसेल असाध्यै रिल्याक्स र खुसी भएकी छिन् ।’ अमेरिकाको सरकारमा उनी पुनः समावेश हुन्छन् त ? यसको जवाफ ओबामाले दिएका छन् ।

    हालै ओबामालाई ‘के तपाईं जो बाइडेनको सरकारको मन्त्रीमण्डलमा समावेश हुनुहुनेछ ?’ यसको उनले रोचक जवाफ दिएका छन् । ओबामाले भने, ‘मैले मन्त्रीको पद सम्हाले मिशेलले मलाई छोडिदिनेछिन् ।’

    स्मरण रहोस्, ओबामा चार वर्षअघि अमेरिकाको राष्ट्रपति पदबाट हटेका थिए र त्यसपछि ट्रम्प अमेरिकाका राष्ट्रपति बनेका थिए । ५४ वर्षका ओबामाले पिपल म्यागजिनसँगको कुराकानीमा आफू राष्ट्रपति हुँदा उनकी श्रीमती मिशेल एक प्रकारको अन्तर्निहित तनाव महसुस गर्ने गरेको जानकारी दिए ।

    ओबामाको नयाँ किताब ‘अ प्रमिस्ड ल्याण्ड’ सार्वजनिक भएको छ र यसै मौकामा उनी मिडियासँग कुराकानी गरिरहेका थिए । ओबामाले राष्ट्रपति रहँदा श्रीमती मिशेल सबैकुरा उत्कृष्ट गर्ने कोसिसमा तनाव र दबाब महसुस गर्ने गरेको बताए ।

    ‘अँध्यारोमा मिशेलसँगै सुतिरहेका बेला म हाम्रा ती पुराना दिनहरु सम्झन्थेँ जब हामीबीच सबैकुरा निकै सहज थिए, जब उनी लगातार हाँसिरहेकी हुन्थिन् र हामीबीचको प्रेममा कम दबाब थियो । त्यसपछि ती दिन नफर्कने हुन् कि भनेर मेरो मन ढुङ्गाले थिचिए जसरी भारी हुन्थे,’ उनले आफ्नो नयाँ किताबमा लेखेका छन् ।

    कहिलेकाँही उनले आफ्नो भावना आफैंमा मात्रै सिमित राख्थिन्, श्रीमानलाई दबाब नदिनका लागि ।

    ‘हामीबीच त्यस्ता समय पनि आए जब मलाई उनी तनावमा भएको, दुःखी भएको र रिसाएको जस्तो लाग्थ्यो तर मेरो चिन्ताको विषय भने अफगानिस्तान र आर्थिक संकट हुने गर्दथ्यो,’ उनले पिपल म्यागजिनलाई भने । ‘त्यसैले उनी आफैंले यी कुरा दबाउने गर्थिन् ।’

    तर हामीले अफिस छोडेपछि दुबैले रिल्याक्स गर्ने मौका पाएका छौं ।

    ‘हामीले अफिस छोडेपछि मिशेल असाध्यै रिल्याक्स छिन् र निकै खुसी पनि,’ उनले थपे ।

    ‘यसले हामीलाई लामो विवाहपछिको हाम्रो गहिरो मायामा रमाउने मौका दिएको छ । हामीलाई पुनः साथी बन्न दिएको छ ।’

    मिशेल ओबामाले यसअघि मानसिक स्वास्थ्य र ह्वाइट हाउसमा नभएपछि स–सानो कुरामा रमाउने उनको बानीबारे कुरा गरेकी थिइन् ।

    ‘यसले मेरो ढोका खोलिदिएको छ । म बाहिर हिँड्न सक्छु र घरको आँगनमा बसेर मौसमको मज्जा लिन सक्छु,’ उनले टुडे शोमा भनेकी छिन् । ‘म मेरा छोरीहरुसँग रमाउन सक्छु, नितान्त आमा भएर ।’

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij