शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

चितवनमा प्रतिष्ठाको प्रतिस्पर्धा : गठबन्धनविपरीत अभिव्यक्ति अभिव्यक्त गर्न नपाइने


  • 2.5K
    SHARES
  • https://indrenipost.com/posts/4386
    बैशाख ९, २०७९ शुक्रबार
    चितवनमा प्रतिष्ठाको प्रतिस्पर्धा : गठबन्धनविपरीत अभिव्यक्ति अभिव्यक्त गर्न नपाइने

    काठमाडौं । नेपाली कांग्रेस चितवन जिल्ला कार्यसमितिले केन्द्रीय परिपत्रभन्दा बाहिर गएर काम नगर्न निर्देशन दिएको छ ।

    आसन्न स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिका नेकपा (माओवादी केन्द्र)लाई दिने गठबन्धनमा सहमति जुटिसकेको छ ।

    तर, चितवनका नेताहरु केन्द्रको उक्त निर्णयको पक्षमा छैनन् । त्यसैले जिल्ला सभापति राजेश्वर खनालले एक विज्ञप्ति जारी गर्दै केन्द्रीय परिपत्रभन्दा बाहिर गएर केही नोबोल्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘यस प्रक्रियालाई नकारात्मक प्रभाव पर्ने गरी केन्द्रीय परिपत्रभन्दा बाहिर गएर भेला, छलफल, गोष्ठी नगर्न र नगराउनका लागि पार्टीका सबै नेता तथा कार्यकर्तासँग विनम्रताका साथ आग्रह गर्छु ।’

    उनले आसन्न स्थानीय निर्वाचनमा सबै पार्टी होमिसकेको भदै कांग्रेसले गठबन्धनलाई आत्मसाथ गरी अगाडि बढ्ने बताए ।

    भरतपुर महानगरपालिकाको प्रमुखमा यसपटक पनि बहालवाला प्रमुख रेनु दाहाललाई उठाउने तयारी नेकपा (माओवादी केन्द्र)ले गरेको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij