मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

गाेरखामा प्रधानमन्त्रीले भने—सहिदको सपना पूरा गर्ने जिम्मेवारी मेरो काँधमा छ


  • 550
    SHARES
  • https://indrenipost.com/posts/4589
    भदौ २३, २०८० शनिबार
    गाेरखामा प्रधानमन्त्रीले भने—सहिदको सपना पूरा गर्ने जिम्मेवारी मेरो काँधमा छ

    गोरखा— प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) हजारौँ सहिदको सपना पूरा गर्ने जिम्मेवारी आफ्नो काँधमा रहेको बताएका छन् ।

    जनयुद्धका क्रममा राज्यपक्षबाट हत्या गरिएका सहिद सुरेश वाग्ले (बासु) र भीमसेन पोखरेल (बैरागी) को २४ औँ स्मृतिसभालाई सम्बोधन गर्न आज गोरखा आइपुगेका प्रधानमन्त्री दाहालले गोरखाको पालुङटार नगरपालिका–२ आँपपिपलमा आयोजित सभालाई सम्बोधन गर्दै सहिदका सपना पूरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरे ।

    नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले माओवादीले उठाएका मुद्दा र जनताको चाहना पूरा हुन अझै पनि बाँकी रहेको बताए ।

    ‘जनयुद्धका क्रममा उठाएका सबै मुद्दा पूरा भइसकेका छैनन्’,उनले भने,‘शान्तिपूर्ण ढङ्गबाट बाँकी रहेका मुद्दालाई स्थापित गर्दै जाने दृढ सङ्कल्पका साथ लागिरहेका छाैं ।’

    प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री बनेपछि जनयुद्ध र जनयुद्धका सहिद तथा बेपत्ता योद्धालाई सम्मान गर्ने वातावरण बनाएको बताए ।

    ‘यसपटक सरकारको नेतृत्वमा पुगेपछि मैले नै जनयुद्ध र जनआन्दोलनका सम्पूर्ण सहिदलाई राष्ट्रिय सहिदको घोषणा गरिसकेको छु’,उनले भने,‘राजपत्रमा प्रकाशित गरी सहिद घोषणा र जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस घोषणाले जनयुद्धलाई सम्मान गर्ने वातावरण बनेको छ ।’

    प्रधानमन्त्री दाहालले शान्ति सम्झौताको केही काम पूरा हुन अझै बाँकी रहेको भन्दै त्यसलाई निष्कर्षमा पुर्याउनेतर्फ सरकार लागि रहेको बताए ।

  • सम्बन्धित विषय:

  • # पुष्पकमल दाहाल ‘प्रचण्ड’
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij