सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

एन्टिबायोटिकले रुघाखोकीको उपचार गर्छ भन्नु गलत धारणा : सर्वेक्षण


  • 973
    SHARES
  • https://indrenipost.com/posts/4936
    कात्तिक १२, २०८० आइतबार
    एन्टिबायोटिकले रुघाखोकीको उपचार गर्छ भन्नु गलत धारणा : सर्वेक्षण

    जापानमा करिब ६० प्रतिशत मानिसले रुघाखोकीको उपचारमा एन्टिबायोटिक प्रभावकारी हुन्छ भन्ने गलत धारणा राख्ने गरेको पाइएकोे छ । 

    हालै गरिएको एक सर्वेक्षणलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले आइतबार सम्प्रेषित समाचार अनुसार ५०० जनामा गरिएको एक अनलाइन सर्वेक्षणमा करिब ५६ प्रतिशतले एन्टिबायोटिकले रुघाखोकी निको पार्न सक्ने बताएका थिए । विद्यालय जानु पहिलेका बच्चाका करिब ६७ प्रतिशत अभिभावकले यो औषधिले भाइरससँग लड्न सक्ने विश्वास व्यक्त गरेका थिए ।

    सामान्य रुघाखोकी र इन्फ्लुएन्जा दुवै भाइरल संक्रमण हुन्, जसको अर्थ एन्टिबायोटिक्स अप्रभावी उपचार हो ।

    अर्को एक सर्वेक्षणमा १५ वर्ष वा सोभन्दा बढी उमेरका करिब ६३ प्रतिशत मानिसले एन्टिबायोटिकले भाइरल सङ्क्रमण निको पार्न सक्ने विश्वास व्यक्त गरेका छन् ।

    टोकियोस्थित नेसनल सेन्टर फर ग्लोबल हेल्थ एन्ड मेडिसिनको सेन्टर हस्पिटलका अनुसार घाँटी दुख्ने वा सिँगान बग्ने समस्यापनि उस्तै छ ।

    इन्फ्लुएन्जा, रुघाखोकी र कोभिड–१९ एन्टिबायोटिकले उपचार गर्न सक्ने प्रमुख तीन भाइरस भएको अस्पतालले जनाएको छ ।

    चिकित्सा विशेषज्ञहरूले एन्टिमाइक्रोबियलको दुरुपयोग र अत्यधिक प्रयोगले एन्टिमाइक्रोबियल प्रतिरोध बढाउन सक्ने चेतावनी दिएका छन् जसले संक्रमणसँग लड्न कठिन वा असम्भव बनाउँछ ।

    जापान सरकारले एन्टिमाइक्रोबियल प्रतिरोधातमक शक्तिलाई लिएर चिन्ता व्यक्त गरेको छ, जसलाई चिकित्सकहरूले ‘मौन महामारी’ का रूपमा अथ्र्याउने गरेका पाइन्छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij