तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको दश वर्षे जनयुद्ध २५ औं वर्षमा प्रवेश गरेको छ । जनयुद्ध गौरवशाली छ । यसकारण पनि कि यो जनताले आफ्नै लागि आफैले लडेको मुक्ति युद्ध हो । यो महान छ, किनकी यो युद्धमा हजुरबा हजुरआमा, बाआमा, छोराछारी सबैको सहभागिता र बलिदान थियो । बसै जाति, क्षेत्र र लिंगको त्याग, तपस्या र बलिदान थियो । सहिद नभएको गाउँ थिएन । चिहान नभएको ठाउँ थिएन । यो पंत्तिकार स्वंमको सक्रियतापूवर्ण सहभागीता थियो ।
यो दश वर्षे द्वन्द्व थिएन, रक्तरञ्जित क्रान्ति थियो । अधिकारका लागि मर्न हिडेकाहरुको क्रान्ति । महान जनताका गौरवपूर्ण क्रान्ति । एक युगमा एक पटक हुने जनविद्रोह थियो ।
दश वर्षे जनयुद्ध श्रमजीवी वर्गको रगतले लेखिएको इतिहास हो । यो देशका सम्पूर्ण जाति, क्षेत्र र लिंगलाई एकीकृत गर्ने राजनीतिक परिघटना हो । यस्तो महान आन्दोलनको नेतृत्व गर्ने सौभाग्य श्रदेय कमरेड प्रचण्डलाई मिल्यो । उहाँले प्रतिकुल विश्व राजनीतिक परिस्थितिका बाबजुद पनि उक्त जनयुद्धलाई सफलतापूर्वक ल्याण्ड गराउनुभयो । एक हदसम्म थुप्रै उपलब्धि हासिल भए । यहि युद्धका कारण देशमा राजा महाराजका तानाशाही शासन ढालेर जनताको राज्य स्थापना भयो । धर्मनिरपेक्षता, संघीयता र समावेशी लोकतन्त्रसहितको संविधान यसका मुख्य उपलब्धि हुन् ।
विडम्बना भनौं, जनयुद्धले शान्तिप्रक्रियामा आएको पनि १५ वर्ष भएको छ । तर, हजारौं योद्धाहरु, जसले यो परिवर्तनका लागि बलिदान गरे । अझै राज्यले सहिद स्विकार गरेको छैन । सहिद परिवारको अवस्था फेरिएको छैन । हिजो गौरव थियो, आज पीडा मात्र छ । हजारौं वेपत्ताहरु सधैका लागि वेपत्ता बनेका छन । दुई तिहायीको कम्युनिष्ट सरकार छ, तर यी विषयमा कोहि बौल्दैनन् । हजारौंको संख्यामा जनयुद्धका घाइतेहरु अझै कष्टकरण जीवन बाँच्न विवस छन । न राज्यको सम्मान, न समाजको इज्जत । छ त केवल घाइते शरिर, मुटुभरीको पीडा ।
जसले लडेर परिवर्तन आयो, त्यो परिवर्तन उनीहरुका लागि भएन । थोरैले अवसर नपाएका पनि होइनन, तर अधिकांशको जीवन पश्चाताप बनिरहेको छ । वर्तमान सरकारले यी चीजहरुको उचित सम्बोधन नगरी परिवर्तनले पूर्णता कसरी पाउँछ रु समाजवादको आधार तायार कसरी हुन्छ ?
सकारात्मक कुरा भनौं, जनयुद्धको सधै विरोध मात्रै गर्दै आउनुभएका नेकपाका अध्यक्ष केपी शर्मा ओली पनि यस पालाको जनयुद्ध दिवसमा सहभागि हुने घोषणा गर्नुभएको छ । अब उनीहरुको व्यावस्थापन र सम्मानमा पनि सरकारले ठूलो छाति बनाओस । जनयुद्धका सम्पूर्ण सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गरेर सपूतहरुको बलिदानलाई सम्मान गरोस् । वेपत्ता नागरीकहरुको मन लगाएर खोजी गरोस् । यति गर्न सक्यो भने मात्र संघीय गणतन्त्र बलियो हुन्छ । शान्ति र राजनीतिक स्थायीत्व बढ्छ । नेकपा जनताकाबीच अझ शक्तिशाली हुन्छ । सरकारको समृद्ध नेपाल, सुखी नेपालीको नारा पनि साकार हुन्छ ।
जनयुद्धको इतिहासलाई निर्ममतापूर्वक स्वीकार्नुको विकल्प छैन । जनयुद्धले ल्याएको परिवर्तन सबैलाई राम्रो हुने तर जनयुद्ध लड्नेहरु अपराधी हुने यो परिवर्तन विरोधी हुन्छ । कसैले यस्तो हर्कत नगरौं । सबै देश बनाउने कर्ममा एकतावद्ध बनौं । सरकराले शक्तिको दम्भ ल्यागेर अनि प्रतिवक्षले विरोधका लागि विरोध नगरेर राम्रा काममा साथ दिने राजनीतिक कल्चरबाट मात्र देश निर्माण गर्न सम्।भव छ ।
(खनाल तत्कालिन माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा नेकपाका नेता हुन्)