शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

ज्योतिषशास्त्रको वैज्ञानिक अध्ययनमा सञ्चारमन्त्री शर्माको जोड


  • 883
    SHARES
  • https://indrenipost.com/posts/5010
    कात्तिक १६, २०८० बिहीबार
    ज्योतिषशास्त्रको वैज्ञानिक अध्ययनमा सञ्चारमन्त्री शर्माको जोड

    देउखुरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ज्योतिष विद्याको वैज्ञानिक अध्ययन आवश्यक भएको बताए ।

    नेपाल ज्योतिष परिषद्को १८औँ राष्ट्रिय सम्मेलनको घोराहीमा भएको कार्यक्रममा मन्त्री शर्माले ज्योतिषबारे भएका भ्रम हटाएर यो वैज्ञानिक र पूर्वीय दर्शनको महत्त्वपूर्ण पाटो हो भनेर बुझ्नुपर्ने बताए । 

    ‘पूर्वीय दर्शनप्रतिको विश्वास संसारभर छ तर यो विज्ञान हाम्रो हो भनेर अपनत्व र अधिकार कायम गर्न सकेका छैनौँ,’ उनले भने । 

    पूर्वीय दर्शनको ज्ञानका आधारमा वैज्ञानिक आविष्कार भएका बताउँदै सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले संस्कृत विश्वविद्यालयलाई केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । 

    उनले धार्मिक सहिष्णुता कायम गर्न सबै नेपाली सधै सजग एवं एकताबद्ध हुनुपर्ने बताए । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij