सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

स्वास्थ्य

भिटामिन ‘ए’ र जुकाको औषधि आज र भोलि खुवाइँदै, कुन उमेरका बालबालिकालाई कति खुवाउने ?


  • 541
    SHARES
  • https://indrenipost.com/posts/5014
    कात्तिक १७, २०८० शुक्रबार
    भिटामिन ‘ए’ र जुकाको औषधि आज र भोलि खुवाइँदै, कुन उमेरका बालबालिकालाई कति खुवाउने ?

    काठमाडौं । सरकारले आज (शुक्रबार) र भोलि (शनिबार) राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दैछ । यसअन्तर्गत ६

    महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइनेछ ।

    बाल भिटा कार्यक्रम लागू भएका जिल्लामा बहुसुक्ष्म पोषकतत्त्व बालभिटा पनि खुवाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

    कुन उमेरका बालबालिकालाई कति खुवाउने ?

    -६ महिनासम्मकालाई भिटामिन ‘ए’ र जुकाको औषधि दुवै नखुवाउने । 

    -६ महिनादेखि एक वर्षसम्मकालाई भिटामिन ‘ए’ आधा क्याप्सुल खुवाउने, जुकाको औषधि नखुवाउने । 

    -एक वर्षदेखि दुई वर्षसम्मकालाई भिटामिन ‘ए’ पूरा क्याप्सुल र जुकाको औषधि आधा चक्की खुवाउने ।

    -दुई वर्षदेखि पाँच वर्षसम्मकालाई भिटामिन ‘ए’ पूरा क्याप्सुल र जुकाको औषधि एक चक्की खुवाउने ।

    भिटामिन ‘ए’ र जुकाको औषधि नजिकैको स्वास्थ्य संस्था वा केन्द्रबाट महिला स्वास्थ्य स्वयंसेविकामार्फत उपलब्ध बताइएको छ ।

    पाँच वर्षमुनिका बालबालिकालाई सरकारले सञ्चालन गरेको प्रत्येक कार्यक्रममा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनुपर्ने मन्त्रालयले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij