सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

स्वास्थ्य

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउँदै सरकार 


  • 568
    SHARES
  • https://indrenipost.com/posts/5039
    कात्तिक १८, २०८० शनिबार
    भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउँदै सरकार 

    काठमाडौं । सरकारले आज पनि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउँदै छ । 

    यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य मन्त्रालयको आव्हान र संयोजकत्वमा हिजो र आज भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन लागिएको हो । 

    सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक नियमित रुपमा भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने गरेको छ । 

    तर, यसअघि नियमित रुपमा परेको मितिमा यसपटक नेपालीहरूको महान पर्व बडादशैं परेपछि पूर्वनिर्धारित मिति सार्नु परेको थियो । जसकाकारण यसपटक सो कार्यक्रम कात्तिक १७ र १८ गते राखिएको हो । 

    दुई दिनसम्म चल्ने सो अभियानमा ६ देखि ५९ महिनाका झण्डै ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

    यसका अनुसार सोही कार्यक्रमअन्तर्गत हिजो र आज गरी यसैगरी १ देखि ५ वर्षसम्मका २९ लाखभन्दा धेरै बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने योजना रहेको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij