सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

विश्व स्वास्थ्य

क्षयरोग तथा मृत्युदर घटाउन सरकारको सफलता, डब्लुएचओद्वारा स्वीकार


  • 811
    SHARES
  • https://indrenipost.com/posts/5095
    कात्तिक २३, २०८० बिहीबार
    क्षयरोग तथा मृत्युदर घटाउन सरकारको सफलता, डब्लुएचओद्वारा स्वीकार
    विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सन् २०१५ देखि लागु भएको क्षयरोगका घटना तथा मृत्युदर कम गर्ने प्रयासमा भारतले गरेको सफलतालाई स्वीकार गरेको भारतको स्वास्थ्य मन्त्रालयले बुधबार बताएको छ । 
     
    “भारतको प्रयासका कारण सन् २०२२ मा (सन् २०१५ देखि) क्षयरोगको घटनामा १६ प्रतिशत कमी आएको छ, यो वैश्विक क्षयरोगका घटनामा भएको गिरावट (आठ दशमलव सात प्रतिशत) भन्दा करिब दुई गुणा हो ।
     
    यस अवधिमा भारत र वैश्विकस्तरमा क्षयरोगबाट हुने मृत्युदर पनि १८ प्रतिशतले घटेको छ”, मन्त्रालयले भनेको छ, “डब्लुएचओले सन् २०२१ मा चार लाख ९४ हजारबाट सन् २०२२ मा तीन लाख ३१ हजारमा क्षयरोगको मृत्युदरलाई ३४ प्रतिशतभन्दा बढीले घटाएर संशोधन गरेको छ ।”
     
    डब्लुएचओले मङ्गलबार आफ्नो ग्लोबल क्षयरोग रिपोर्ट २०२३ जारी गर्दै भारतमा क्षयरोगको मामिला पत्ता लगाउने सुधारमा ठूलो प्रगति गरेको बताएको छ ।  
     
    “अनुमानित क्षयरोग मामिलाको उपचार बढेर ८० प्रतिशत भएको छ, यो गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हो”, मन्त्रालयले भनेको छ,“भारतले राष्ट्रिय स्वास्थ्य मिसनको तत्वावधानमा लागू गरिएको राष्ट्रिय क्षयरोग उन्मूलन कार्यक्रममा थप लगानी गरेर क्षयरोग उन्मूलन प्रयासहरूलाई प्राथमिकता दिनका लागि साहसिक कदम चालेको छ ।”

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij